म बाट कुनै भ्रष्टाचार हुने छैनः महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफू पदमा बसेर काम गर्दा कुनै आर्थिक अनियमितिता र भ्रष्टाचार नगर्ने दाबी गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिवद्धतालाई पूरा गर्ने बताए।

राष्ट्रको हितको लागि काम गर्दा कुनै प्रकारको लोभ लालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन, ओलीले भने, म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिवद्धतालाई शतप्रतिशत पुरा गर्नेछु।

साथै, उनले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा समेत गरे। आइतबार भक्तपुरको कौशलटारमा आयोजित आमसभालाई सम्बोधन गर्दै बस्नेतले आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिको लागि हुनेबताए।

‘मेरो त घरमा बा आमाले कहिले काहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ, बस्नेतले भने,परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाई, भाई भइसक्यो भन्ने बुझ्नुभएको छ। त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रको लागि हुनेछ।

भक्तपुरको विकासको ब्राण्डेड पार्टी भनेको नै एमाले मात्र बस्नेतको दाबी थियो। गठबन्धनले भक्तपुरमा माओवादीलाई टिकट नदिएर अपमान गरेको उल्लेख गर्दै उनले माओवादी तथा नेकपा एकीकृत समाजवादी पार्टीले एमालेमा मतदान गर्नुपर्नेमा जोड दिए।

मध्यपुर नगरपालिबाट कांग्रेसले समेत आफ्नो पार्टीबाट टिकट नदिएको उल्लेख गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुख हेरेर नभई मुख हेरेर एमालेलाई भोट दिनुपर्ने बताए।

यो पनि पढ्नुहोस् :
काठमाडौं । दोहोरी खेल्ने कलाकारहरू गीतमा संवाद गर्छन्, काल्पनिक विषयवस्तु बनाएर । दोहारीमा गरिने माया-प्रेम वा धोका र विछोडका कुराहरू प्राय काल्पनिक हुन्छन् र दोहोरीमै सीमित हुन्छन् । तर, चर्चित दोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ यतिबेला आफ्नो वास्तविक जीवनकै घटनाक्रमलाई दोहोरीमा गाएर चर्चा र संवेदना बटुलिरहेकी छन् ।

श्रीमान् शंकर क्षेत्रीसँग जेरीले हालै गरेको सम्वन्धविच्छेदको खबर मिडियाहरूमा ठूलो हेडलाइन बनेको थियो । डिभोर्ससँगै जेरीले एउटा युट्यूव च्यानललाई दिएको अन्तरवार्ताले आम सर्वसाधारणको सहानुभूति उनीतर्फ खिचियो । उक्त अन्तर्वार्तामा विवाह गरेदेखि श्रीमान्‌बाट पाएको प्रताडनाको वर्णन गरेकी थिइन् । जेरीले सो अन्तर्वार्तामा आफू अब डिभोर्सको विषयमा मिडियासँग नबोल्ने बताएकी छन् ।

तर, अहिले लाइभ दोहोरीमै जेरीले पारिवारिक विषय ल्याएर आँशुको भेल बगाउन थालेपछि मिश्रित प्रतिक्रिया आउन थालेको छ । धेरैले उनीप्रति सहानुभूति जनाइरहेकै छन्, तर कतिपयले ‘आँशुको व्यापार गरेको’ आरोप पनि लगाएका छन् ।

जेरीले आफ्नै भाइ विजय बानियाँसँग दुई दिनअघि गाएको लाइभ दोहोरी अहिले भाइरल छ । संगीतकार बीबी अनुरागीको जुनकिरी लाइभ स्टुडियोमा उनले सो दोहोरी गाएकी हुन् । शोकधुन बजाउँदै गाइएको उक्त दोहोरीमा जेरी विक्षिप्त देखिएकी छिन् भने भाइ विजय शोकाकुल छन् । कार्यक्रममा भाग लिएका सबै कलाकार अनवरत सुँक्क-सुँक्क गरिरहेका हुन्छन् । कुनै महिलाको डिभोर्स हुनु भनेको उनका लागि जीवनकै समाप्ति हो भन्ने गलत सन्देश दिने गरी यो लाइभ दोहोरीको ‘सेटिङ’ गरिएको छ ।

उक्त दोहोरीमा व्यक्त भावअनुसार परिवारले नरुचाउँदा-नरुचाउँदै जेरीले शंकरसँग एकोहोरो प्रेम र विवाह गरेकी थिइन् ।

दोहारीमा विजय भन्छन्ः उहीलाई रोजेउ भन्दा नि खराब छ, तिम्रा निर्दोष आँशुले सराप्छ

जेरी जवाफ दिन्छिन्ः थाथ्यो पहिल्यै थिएन लायक, अरु मनै परेन ऊबाहेक

दोहोरीमा जेरीले आफ्नो छोरीलाई जोडेर केही हृदयविदारक कुराहरू गरेकी छन्ः

हिँड्ली भाञ्जी अटेरी बनी, नपिटेस है बाउजस्तै छ भनि

यो आगो त उल्लाइ नि झोसियो, दुई वर्षमै बाउको काख खोसियो

सँगै राख्नु भाञ्जीको घर छैन, मर्छु होला मेरो त भर छैन

बच्चा सम्झि पागलै भाथेँ म सँगै लेर मर्न नि गाथेँ म

समयमा सुताउनु खुवाउनु, म मरे नि भाञ्जीलाई नरुवाउनु

०००

लाइभ दोहोरीमा पहिल्यैदेखि बहुचर्चित जेरी डिभोर्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् । एउटा दोहोरी गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले डिभोर्सपछि मात्रै ४० वटा दोहोरी गाइसकेको बुझिएको छ । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् । दोहोरी गायकहरू रविन लामिछाने, बालचन्द्र बराजलगायतले जेरीका पूर्वपति शंकरको भूमिकामा रूपमा पेश भएर उनीसँग दोहारी गाएका छन्, जुन निकै हास्यास्पद लाग्छ ।

सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । तर, यतिबेला दोहोरी सञ्चालकहरूले उनको आँशुलाई बिकाउ वस्तु बनाएको जस्तो प्रतित हुन्छ । उनको पीर-वेदनलाई व्यापारको साधन बनाइएको भान हुन्छ । आफ्नो वास्तविक कथालाई दर्शक/स्रोतामाझ पोखेर जेरी हलुंगो हुन खोजेकी हुन सक्छिन् । तर, यसले उनको व्यक्तित्वलाई नै हलुंगो बनाउने खतरा बढेको छ । पीर बिसाउने बहानामा उनले आफूलाई अर्को मिना ढकाल बनाउनुहुँदैन भन्ने शुभचिन्तकहरूले चाहेका छन् । भोलि छोरी बुझ्ने भएपछि यस्ता दोहोरी हेर्दा उनलाई कस्तो असर पर्न सक्छ भन्ने सायद जेरीले सोचेकी छैनन् ।

जेरीले डिभोर्स भएलगत्तै दिन ‘चोट’ बोलको गीत पनि युट्यूवमा सार्वजनिक गरेकी छिन् । यो गीत पनि उनको वास्तविक जीवनकै कथामा आधारित छ । यद्यपि, जेरीले यो गीत आफूले शंकरसँग भेट हुनुभन्दा अगाडि नै रचेको बताएकी छन् । पहिले गरेको कल्पना अहिले सत्यमा बदलिएकाले आफूले सार्वजनिक गरेको उनको भनाइ छ।

यो पनि पढ्नुहोस् ;
क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बला’त्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।

शुक्रबार नाबालिग ब’ला’त्का’र आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती क’रणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

यो पनि पढ्नुहोस :
गाँजा लागुऔषध कि औषधि ? यो बहस नेपालमा जारी छ । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने र अर्थोपार्जनको समेत माध्यम बनाउन दिनुपर्ने माग सांसदहरूले नै गरेपछि यो विषय फेरि एक पटक सतहमा आएको छ ।

गाँजालाई लागुऔषध र नसाको रूपमा अर्थ्याइए पनि खासमा यसको प्रयोग गर्न जाने अचुक औषधि हुन सक्ने तर्कहरू गरिएको छ । यस्तो छ गाँजाको लाभ

— सुत्केरी व्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धुलोलाई दूधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।
— यसको धेरै सेवन गर्नाले नकारात्मक असर गर्दछ ।

— यसले भोक लाग्ने, निन्द्रा लाग्ने काम गर्दछ । यसले कफ, वातवायु अग्निदीपन आदिलाई हरण गर्छ ।
— पाचनक्रियालाई दुरूस्त बनाउनुका साथै शरीरलाई पनि तागत दिलाउँछ ।

— चोप, बीज र यसको सबै भागको धुलो बनाइँ वा भाङ र मरिचलाई सख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुःखाइ आदिलाई शान्त गराउँछ ।

यो पनि पढ्नुहोस् :
बलिउड इन्डस्ट्रीकी उत्कृष्ट अभिनेत्री मलाइका अरोरा निकै चर्चित छिन् । मलाइका अरोराले धेरै फिल्ममा काम गरिसकेकी छिन् । उनले धेरै फिल्ममा आइटम नम्बर पनि गरेकी छिन् ।

उनको फ्यान फलोइङ ठूलो छ । अभिनेत्री मलाइका सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। उनी हरेक दिन केहि वा राम्रो पोस्ट शेयर गरिरहन्छिन्। जसलाई फ्यानहरुले निकै रुचाउने पनि गरेका छन् ।

उनका पोष्टमा लाइक र कमेन्ट तथा आक्रोशका स्वरहरु पनि उत्तिकै नै भेटिने गरेको छ । यसै क्रममा अभिनेत्रीको एउटा खुलासाको निकै चर्चा भएको छ, जसमा उनले आफूसँग निकै राम्रो पार्टनर रहेको बताएकी छिन् ।

अभिनेत्री मलाइका अरोरा दिनहुँ चर्चामा रहन्छिन् । उनी चर्चामा आउनुको कारण या त उनको प्रेम जीवन हो वा उनको ड्रेसिङ सेन्स । मलाइका अरोरा विगत केही वर्षदेखि बलिउड अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् ।

दुवैलाई प्रायः सँगै देख्न पनि पाइन्छ । यो जोडी सँगै बिदा मनाएको पनि देखिन्छ । दुवैका धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुबैको तस्विरलाई फ्यानहरुले निकै रुचाएका छन् ।

तर, यसै क्रममा उनले यस्तो भनेकि छिन् जसले सबैको होश नै उडाएको छ । मलाइकाले आफू एक्लै कसरत नगर्ने भएकाले वर्कआउट गर्दा राम्रो पार्टनर चाहिने बताइन् ।

त्यसका लागि अर्जुन कपुर राम्रो पार्टनर नरहेको उनले बताएकी हुन् । उनले अर्जुन संग रमाईलो जिवन मात्र उत्कृष्ट रहेको तर पार्टनरका लागि पर्फेक्ट नभएको उनको भनाई थियो ।

जसपछि उनले आफ्नी बहिनी अमृता अरोरा उनको बेस्ट वर्कआउट पार्टनर भएको पनि बताएकी छिन् । अभिनेत्री मलाइका अरोराकी बहिनी अमृता अरोराको जन्मदिनको कुरा गर्ने हो भने उनको जन्मदिन अभिनेत्री करिना कपूरको घरमा मनाइएको थियो ।

कारण अमृता र करीना साथी हुन् । यस्तो अवस्थामा बेबोले आफ्नी साथी अमृताका लागि पार्टीको व्यवस्था गरिन् । दुबै एकअर्कासँग प्रायः देखिने गरेका छन् । मलाइका अरोरा यसअघि आफ्नी बहिनी अमृता अरोराको जन्मदिनमा बेबो अर्थात करिना कपूरको घर गएकी थिइन् । त्यहाँ सबैले खुब रमाइलो गरे । साथै उनका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । जसलाई फ्यानहरुले निकै रुचाएका छन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं,। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत लागेको छ ।

ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको उनकी डा. पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप श्रीमती नेता चौधरीले आरोप लगाएकी हुन् । आफूलाई श्रीमान डा. चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने गरेको उनको भनाइ छ ।

बिबाह भएको ८ महिना भएको र श्रीमानसँगै बस्दा आफूमाथि कुटपिट हुने गरेको नेहाको वेदना छ ।

‘मेरो श्रीमान काठमाडौंमा बस्नु हुन्छ । ग्राण्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफूसँग राख्नु भन्ने वित्तिकै मलाई कुटपिट गर्नु हुन्थ्यो । पटकपटक तेहि गर्ने गर्नु हुन्थ्यो ।’ उनले फेसबुकमा लेखिकी छिन्, ‘म सहन नसकेर महिला थानामा गएँ । मलाई गम्भीर हुने गरी पिट्नु भये र मेरो आमा .लाई आफनो छोरी लैजाऊ भनी खबर मेरो ससुरा बाले गर्नु भयो । म ३ दिन दिन हस्पिटलमा भर्ना भई जाँच गराए ।’,

अस्पतालमै पुगेर श्रीमानले घर छिर्न दिन्न भनेको पीडित नेहाले लेखेकी छिन् । दुई दिन थानामा राख्दा पनि सँगै राख्दिन भनेको उल्लेख गरेकी छिन् । ‘मैले मेरो जाएरी घरेलू हिंसाको मुदाको दर्ता गराए । तेही दिन ४ गते उनले डिभोर्स मुद्दा दिनु भयो । मलाई घर छिर्न दिनु भएन मलाई अंश दिनु पर्छ बिछोड हुँदा भनेर उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति घरसहित छोरीहरुलाई बकस गरिदिनु भयो । मलाई
उहाँको सम्पत्ति वा अंश चहेको हैन । म बिहे गरेको बसनको लागि हो । उहाँहरुले मलाई फेरी फेरी कुटपीट नगरोस् भनेर म महिला थानामा गए ।’, उनले फेसबुकमा खुलस्त पारेकी छिन् ।

नेहाले फेसबुकमार्फत न्यायका लागि सहयोग समेत मागेकी छिन् । उनले न्यायको याचना गर्दै लेखेकी छिन्, ‘अब मैले न्याय कसरी पाउने । म घरबाट निस्किन नी मलाई गाह्रो भइरहेको छ । तेरो अनुहार बिगारिदिन्छु भनी धम्की दिनु भयो !’,

यो पनि पढ्नुहोस् :-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले दैनिक २÷३ किलो गाली खाने गरेको बताएका छन् । शनिबार तेलंगानाको एक कार्यक्रममा उनले आफूलाई दैनिक गालीहरु आउने गरेको ती गालीलाई आफ्नो शरीरले पोषणमा परिणत गर्ने गरेका बताए ।

भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले आफ्नो शरीरले गाली प्रशोधन गर्ने गरेको बताए । उनले भने, “मानिसहरूले सोध्छन्– मोदीजी तपाईँ थाक्नुहुन्न ? त्यसैले म भन्छु कि भगवानले मेरो शरीरमा यस्तो संयन्त्र बनाएको छ कि गाली प्रशोधन हुन्छ र पोषणमा बदलिन्छ ।”

निराशाका कारण केहीले बिहान बेलुका आफूलाई गाली गर्ने गरेको मोदीले बताए । उनले आफूलाई गाली गर्न पूरै शब्दकोश प्रयोग हुने गरे जिकिर गरे । उनले आफ्ना विरोधीसँग गाली गर्नुबाहेक केही बाँकी नरहेको बताए ।

विगत २०-२२ वर्षदेखि आफूले विभिन्न किसिमका गाली खाँदै आएको मोदीको बताएका दैनिक भास्करले लेखेको छ ।