हाम्रा छतहरु फरक भएपनि हामीले ओड्ने अकाश एउटै हो!

जानकी पन्त बेलायत,
हाम्रा छतहरु फरक भएपनि हामीले ओड्ने अकाश एउटै हो! हाम्रा घरहरु फरक भएपनि, हामीले टेक्ने धर्ती एउटै हो! हाम्रा मनहरु फरक भएपनि हामी रमाउने संसार एउटै हो! हामी जहाँकहिँ रहेपनी अन्त्यमा जाने ठाउ एउटै हो!

हाम्रो बाहिरि रुपरंग फरक भएपनि भित्रि रगतको रंग एउटै हो!हाम्रो बाहिरि सजावट फरक भएपनि भित्रि अंगको बनावट एउटै हो! हाम्रा सासहरु दोहरियेर फेरिए पनि सासको श्रोत एउटै हो! हामी जिउने तरिका फरक भएपनि जिबनको आधारभूत तत्व एउटै हो!

हामीले पिउने पानीका स्रोतहरु फरक भएपनि, पानीको स्वाद एउटै हो! हामीले खाने भोजनहरु फरक भएपनि भोक सबैको एउटै हो! हामीले हेर्ने आखाहरु फरक आसु सबैको एउटै हो! हामिले व्यक्त गर्ने भाषाहरु फरक भएपनि भावना सबैको एउटै हो!

अन्तमा, हाम्रो आत्माको बासहरु फरक भएपनि, परमात्मा स्वरूप सबैको एउटै हो! हाम्रो धर्म र सस्कृति फरक भएपनि मालिक हामी सबैको एउटै हो!
धन्यबाद, सबैमा शुभ दिनको कामना🌹🌹
#janakipantjoon #ॐनमःशिवाय #positivevibes
To be continued….