लक्का जवान चलचित्र अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन

नेपाली चलचित्र लक्का जवान शो नेपाल चलचित्र समाज युकेकी अध्यक्ष जानकी पन्त जुनले आयोजना गरेको छ लक्का जवान चलचित्र १३ नोभेम्बर २०२२ का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन भएको छ ।

कलाकार,समाजसेवी,सफल व्यवसायी तथा बाल्टिमोर नेपाली समाजको पूर्व प्रिसिडेन्ट अनुशिया वन्त श्रेष्ठको उपस्थितिमा यो चलचित्र प्रदर्शन भएको छ यो लक्का जवान चलचित्र कुमुद इन्टरटेनमेन्ट लिमिटेड युकेको प्रायोजन तथा आयोजक रहेको छ कुमुद पन्त अभिनेता पनि हुन् उहाँ कुमुद इन्टरटेनमेन्टका निर्देशक तथा नेपाल चलचित्र समाज युकेका उपाध्यक्ष हुन् ।

यो चलचित्रलाई एम्पेरे हल मालिकका निर्देशक पूरण गिरीले पनि प्रायोजक र नि:शुल्क सिनेमा हल उपलब्ध गराउनुभएको छ ।नेपाल फिल्म सोसाइटी युकेका उपाध्यक्ष नीरज शर्माले पनि स्वयंसेवी सहयोग गरेका छन् । हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशनमा रहेको कमेडी चलचित्र ‘लक्का जवान’ पाका उमेरका लक्का जवानहरूको कथाबस्तु, बिषयमा बनेको चलचित्र हो। यसमा बहुजातीय समूहहरू बिचको आत्मिक भावना, प्रेम र अन्य रमाइला मिश्रित हास्यपूर्ण, मनोरन्जनपूर्ण कथाबस्तु समाबेस छन। यसमा सुपरहिट गीतहरु “मन त सधै लक्का जवान”, “मुसुक्क हासन माया” रहेका छन।

चलचित्र ‘लक्का जवान’ मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की अनसुया श्रेष्ठ उन्टा, सरोज खनाल ,निर्मल शर्मा, राजाराम पौडेल,सलोन बस्नेत लगायतको अभिनय रहेको छ। किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको यो चलचित्रको सह-निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुनुहुन्छ |