एमाले नेता सूर्य थापाकाे चुनावी प्रचारमा भेलु बाजे पनि

काठमाडौँ । युट्युब, फेसबुक र टिकटकका ‘भाइरल म्यान’ भेलु बाजे नेकपा (एमाले)का युवा नेता सूर्य थापाकाे चुनावी प्रचारमा देखिएका छन्। उनी प्यूठान जिल्लाकाे एउटा चुनावी सभामा उम्मेदवार थापासँगै भेटिएका हुन्।

यता एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन्। उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनता अल्मलिन नहुने बताए। वीरेन्द्रनगरमा आइतबार आयाेजित सभामा उनले भने, ‘यो चुनाव विशेष अर्थ राख्ने महासंग्राम हो भनेर बुझ्नुपर्छ।

गठबन्धन बनेर देशी विदेशी शक्तिहरू एमालेविरुद्ध लागिरहेका छन्, त्यसको विरुद्धमा जनता जाग्न जरुरी छ।’ ओलीले विभिन्न सानातिना स्वार्थीहरूको साँठगाँठको सरकार बनाउने कि सुदृढ सरकार बनाउने? भन्दै प्रश्न गरे।

‘गठबन्धनले बनाएको घोषणापत्र आ-आफ्नै घोषणा पत्र छ। यदि जितेको खण्डमा कसैको घोषणा पत्र लागू गरेर सकार चलाउँछन्,’ओलीले भने,‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्,

जोडजाड गरेका स्वार्थहरूको सरकार होइन् सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ।’ उनले यो देशमा जे जे काम भएको छ, त्यो सबै एमालेले गरेको दाबी गरे।

गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो। अहिले दिनको १३३ रुपैयाँ दिने पनि एमाले नै भएको उनको भनाइ थियो। ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्ने भन्ने बारेमा सल्लाह गरिराख्न सुझाव दिए। उनले भने, ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ।’ उनले प्रचण्डलाई राजनीतिक विचौलियाको संज्ञा दिए। उनले यो सरकार म्यादी सरकार भएकाले यसको पनि म्याद सकिएको बताए।

यो पनि पढ्नुहोस् :
काठमाडौं,। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत लागेको छ ।

ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको उनकी डा. पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप श्रीमती नेता चौधरीले आरोप लगाएकी हुन् । आफूलाई श्रीमान डा. चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने गरेको उनको भनाइ छ ।

बिबाह भएको ८ महिना भएको र श्रीमानसँगै बस्दा आफूमाथि कुटपिट हुने गरेको नेहाको वेदना छ ।

‘मेरो श्रीमान काठमाडौंमा बस्नु हुन्छ । ग्राण्डी हस्पिटलमा काम गर्नु हुन्छ । मलाई नि आफूसँग राख्नु भन्ने वित्तिकै मलाई कुटपिट गर्नु हुन्थ्यो । पटकपटक तेहि गर्ने गर्नु हुन्थ्यो ।’ उनले फेसबुकमा लेखिकी छिन्, ‘म सहन नसकेर महिला थानामा गएँ । मलाई गम्भीर हुने गरी पिट्नु भये र मेरो आमा .लाई आफनो छोरी लैजाऊ भनी खबर मेरो ससुरा बाले गर्नु भयो । म ३ दिन दिन हस्पिटलमा भर्ना भई जाँच गराए ।’,

अस्पतालमै पुगेर श्रीमानले घर छिर्न दिन्न भनेको पीडित नेहाले लेखेकी छिन् । दुई दिन थानामा राख्दा पनि सँगै राख्दिन भनेको उल्लेख गरेकी छिन् । ‘मैले मेरो जाएरी घरेलू हिंसाको मुदाको दर्ता गराए । तेही दिन ४ गते उनले डिभोर्स मुद्दा दिनु भयो । मलाई घर छिर्न दिनु भएन मलाई अंश दिनु पर्छ बिछोड हुँदा भनेर उहाँले आफ्नो सम्पूर्ण सम्पत्ति घरसहित छोरीहरुलाई बकस गरिदिनु भयो । मलाई
उहाँको सम्पत्ति वा अंश चहेको हैन । म बिहे गरेको बसनको लागि हो । उहाँहरुले मलाई फेरी फेरी कुटपीट नगरोस् भनेर म महिला थानामा गए ।’, उनले फेसबुकमा खुलस्त पारेकी छिन् ।

नेहाले फेसबुकमार्फत न्यायका लागि सहयोग समेत मागेकी छिन् । उनले न्यायको याचना गर्दै लेखेकी छिन्, ‘अब मैले न्याय कसरी पाउने । म घरबाट निस्किन नी मलाई गाह्रो भइरहेको छ । तेरो अनुहार बिगारिदिन्छु भनी धम्की दिनु भयो !’,

यो पनि पढ्नुहोस् :-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले दैनिक २÷३ किलो गाली खाने गरेको बताएका छन् । शनिबार तेलंगानाको एक कार्यक्रममा उनले आफूलाई दैनिक गालीहरु आउने गरेको ती गालीलाई आफ्नो शरीरले पोषणमा परिणत गर्ने गरेका बताए ।

भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले आफ्नो शरीरले गाली प्रशोधन गर्ने गरेको बताए । उनले भने, “मानिसहरूले सोध्छन्– मोदीजी तपाईँ थाक्नुहुन्न ? त्यसैले म भन्छु कि भगवानले मेरो शरीरमा यस्तो संयन्त्र बनाएको छ कि गाली प्रशोधन हुन्छ र पोषणमा बदलिन्छ ।”

निराशाका कारण केहीले बिहान बेलुका आफूलाई गाली गर्ने गरेको मोदीले बताए । उनले आफूलाई गाली गर्न पूरै शब्दकोश प्रयोग हुने गरे जिकिर गरे । उनले आफ्ना विरोधीसँग गाली गर्नुबाहेक केही बाँकी नरहेको बताए ।

विगत २०-२२ वर्षदेखि आफूले विभिन्न किसिमका गाली खाँदै आएको मोदीको बताएका दैनिक भास्करले लेखेको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं -नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका थापाले आज आयोजित घरदैलो कार्यक्रममा उहाँले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ”, उहाँले भन्नुभयो । आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा आफू भोट माग्न नआउने उहाँको भनाइ छ ।

महामन्त्री थापाले खहरेको छेउमा रहेका घर अगाडिको फोहरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गर्नुभयो । बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ हुँदै वडा नं १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गर्छ ।

उहाँले बाढीको समस्या समाधान गर्न पटक–पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’को प्रस्ताव अघि बढाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । लोक गायिका बबिता बानियाँ (जेरी) र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्री बताउँथे । तर अहिले जेरीले सबैका आँखा रसाउने सत्यता खोलेकी छिन् ।