एमाले सिध्याएर निस्किएको माओवादी अब कांग्रेस सिध्याउन पसेको छः कुन्तीदेवी पोख्रेल

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ को आमनिर्वाचनलाई लक्षित गरी चुनावी आमसभाको आयोजना गरेको छ । राप्रपाले काठमाडौंको वशन्तपुरमा उपत्यकाव्यापी चुनावी आमसभा गरेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको उक्त सभामा प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरुले बोल्ने कार्यक्रम थियो ।

यसरी उम्मेदवारहरुले बोल्ने क्रममा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले आफ्नो उम्मेदवारी राष्ट्र, राष्ट्रियता र युवाहरुका लागि भएको बताएकी छिन् । कार्यक्रममा उनले यो उम्मेदवारी हाम्रो नभएर तपाईंहरुको भन्दै मतदातालाई हौस्याएकी थिइन् । पोख्रेलले सभामा बोल्दै पुराना दलका नेताहरु पटक–पटक चुनाव जितेर सत्तामा पुगे ‘आखिरीमा उनीहरुले भष्टाचार गरेर देश बेचेरै छाडे, नेपाल आमालाई रुवाएरै छाडे ।’ सभामा उनले ठाकुवा गर्दै भनिन्, ‘ती भ्रष्ट नेताहरुले पटक–पटक झुक्याएर देश र जनता लुट्दापनि अभै उनीहरुलाई भोट दिनुहुन्छ भने तपाईंहरु नै हो यो देश बेच्ने ।’ एमालेका साथीहरु छातीमा हात राखेर भन्नुहोस् मलाई खासै कुरा काट्न मन थिएन तर भन्न वाध्य भएँ, यहीं देशमा हिजो एमालेमाा माओवादी छिरेर एमाले सिध्यायो, अहिले फेरि कांग्रेसमा छिरेको छ अब कांग्रेस पनि सिध्याएर निस्कन्छ । त्यो कुरा कांग्रेसका साथीहरुले याद गर्न जरुरी छ,’ पोख्रेलको सुझाव छ । उनले थपिन्, ‘मैले अन्य पार्टीहरुको कुरा काटेकी थिइँन तर आज वाध्य भएकी छु किन भने यी पुराना दलका नेताहरुले यो देश बच्दैछन्, देश बेचिनबाट जोगाउनका लागि पनि म बोल्न वाध्य भएकी हुँ । काठमाडौं क्षेत्र नं. २ मा पटक–पटक खाली बाहिरबाट ‘टुरिष्ट’ नेताले उम्मेदवारी दिन्छन्, चुनावपछि जनताको पिरमर्का बुझन् पर्केर आउँदैनन । ती आयातित नेताहरुका कारण यस क्षेत्रका अधिकांश ठाउँहरु अझै पनि रोल्पा, रुकुमको दूर्दशामा रहेको रहेको बताएकी छिन् । कार्यक्रमा उनले दुई छाक टार्नकै लागि अब युवाहरुले विदेशिनु नपरोस् भन्नका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारिन् ।

उनी अगाडि भन्छिन्, ‘म आफै उद्यमी, व्यवसायी र समाजसेवी भएकाले पनि जनमाझ धेरै समस्या देखेर त्यसको निवारणका मैले उम्मेदवारी दिएकी हुँ ।’ पछिल्लो समय धर्ममा धेरै विकृति आएकाको बताउँदै त्यो विकृति हटाउन महाभारतमा कुन्तीको जस्तो रोल खेल्न आफू राजनीतिमा आएको उनले बताइन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । लोक गायिका बबिता बानियाँ (जेरी) र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्री बताउँथे । तर अहिले जेरीले सबैका आँखा रसाउने सत्यता खोलेकी छिन् ।

‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ क्षेत्रीले भनेका थिए ।

तर जेरीले आफू शंकरबाट मानसिक र शारिरीक रुपमा प्रताडित हुनु परेको खुलासा गरेकी छिन् । उनले खासगरी आफ्नो चरित्रसँग जोडेर मानसिक टर्चर खेप्नुपरेको बताएकी छिन् । कोही मिल्ने साथीसँग बोल्यो की त्यही व्यक्तिसँग जोडेर चरित्रमा प्रश्न उठाउने शंकरको दैनिकी थियो ।

जेरीले भनिन् उहाँले आफ्नो मोबाइल चै दिनदिनै पासवर्ड फेरेर राख्नुहुन्थ्यो । मेरो भने हरेकदिन उहाँको मोबाइलमा खोलेर राख्नुहुन्थ्यो । यतिसम्म उहाँले मेरा नजिकका साथीहरुसँग आफै अन्तरंग कुरा गर्ने र आएको रिप्लाईलाई स्क्रिन सर्ट गरेर राख्ने गरेको भेटियो ।

मेरा नजिकका व्यक्तिहरुले तेरो फेसबुक ह्याक भएको हो भनेर सोध्दा ? हेर्दा उहाँ र मेरो डिभाइसमा मात्र फेसबुक खुलेको देखिन्थ्यो । यतिसम्म की मेरा साथीहरुसँग उहाँले रिप्लाई दिएर भएको कुराकानीको स्क्रिनसर्ट मेरो इन्बक्समा पठाएर तपाई फसाउन जानेको छु भन्दै धम्कि दिनुहुन्थ्यो ।

त्यतिभएपछि केही दिन ठूलै झगडा हुन्थ्यो । फेरि मेरो मायाले जित्थ्यो र आफै झुकेर कुरा गरेर नर्मल बनाउँन कोसिस गर्थे । जेरीले भनिन् तर उहाँले मलाई ब्ल्याक मेलिङ गर्न थाल्नुभयो । प्रदिप रोक्कासँग नाम जोडेर मलाई उहीसँग जा भनेर कुट्न थाल्नुभयो ।

प्रदिप रोक्कासँग मैले गीत गाएको छु । उहाँ मेरो टीका लगाएको दाई हो त्यो शंकरलाई थाहा छ । तरपनि उहाँले मलाई प्रदिपसँग नाम जोड्न छोड्नुभएन । प्रदिपसँग गाएको गीत मुटुको धड्कन दर्शक स्रोतले खुबै मन पराउँनुभयो । विभिन्न ठाउँमा कार्यक्रममा प्रदिपसँग बोलाउँदा कहिलै म जान पाइन । एक दिन काँठे गीत प्रतियोगितामा हामी गएका थियौँ ।

त्यहाँ प्रदिपको समूह प्रथम भयो हाम्रो टीम दोस्रो भयो । विजय भएको खुशीमा मैले कल्पना र प्रदिपलाई अंकमाल गरेको रहेछु । त्यो फोटो आएपछि उहाँले मलाई महिनौ देखिको प्यास प्रदिपसँग मेटाइस् हैन ? भन्दै शंकरले मलाई कुट्नुभयो जेरीले भनिन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।