केही वर्षभित्र पेण्डुलम बनेर माओवादी केन्द्र विलय हुन्छ:रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रलाई पेण्डुलम पार्टी भएको बताएका छन् ।अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै हुने बताए ।उनले नेकपा माओवादी केन्द्र अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताए ।

उनले ३ पार्टीमध्ये दुई पार्टी एमाले र काँग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताए । उनले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र काँग्रेसलाई जति गाली गरे पनि प्रचण्डपथमा नै हिँडेको बताए ।

उनले देशको धर्म,संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताए । उनले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रुपान्तरण गर्ने बताए ।

उनले भने, ‘यो देशमा अबको केही वर्षमा जम्मा ३ वटा पार्टी रहन्छ । मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली काँग्रेस । माओवादी पेण्डुलम जस्तो यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ । त्यस बाहेक अर्को क्षेत्रीय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन् । तीन वटामा दुई वटा पार्टी एमाले र काँग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन् । एउटै कित्ताका पार्टी हुन् ।’

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका मिश्रले काँग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गरे । उनले संघीयता देशको लागि उपयुक्त नभएको उल्लेख गर्दै संघीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने माग गरे ।

यो पनि पढ्नुहोस् ;
काठमाडौं । लोक गायिका बबिता बानियाँ (जेरी) र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

उनीहरूले काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्री बताउँथे । तर अहिले जेरीले सबैका आँखा रसाउने सत्यता खोलेकी छिन् ।

‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ क्षेत्रीले भनेका थिए ।

तर जेरीले आफू शंकरबाट मानसिक र शारिरीक रुपमा प्रताडित हुनु परेको खुलासा गरेकी छिन् । उनले खासगरी आफ्नो चरित्रसँग जोडेर मानसिक टर्चर खेप्नुपरेको बताएकी छिन् । कोही मिल्ने साथीसँग बोल्यो की त्यही व्यक्तिसँग जोडेर चरित्रमा प्रश्न उठाउने शंकरको दैनिकी थियो ।

जेरीले भनिन् उहाँले आफ्नो मोबाइल चै दिनदिनै पासवर्ड फेरेर राख्नुहुन्थ्यो । मेरो भने हरेकदिन उहाँको मोबाइलमा खोलेर राख्नुहुन्थ्यो । यतिसम्म उहाँले मेरा नजिकका साथीहरुसँग आफै अन्तरंग कुरा गर्ने र आएको रिप्लाईलाई स्क्रिन सर्ट गरेर राख्ने गरेको भेटियो ।

मेरा नजिकका व्यक्तिहरुले तेरो फेसबुक ह्याक भएको हो भनेर सोध्दा ? हेर्दा उहाँ र मेरो डिभाइसमा मात्र फेसबुक खुलेको देखिन्थ्यो । यतिसम्म की मेरा साथीहरुसँग उहाँले रिप्लाई दिएर भएको कुराकानीको स्क्रिनसर्ट मेरो इन्बक्समा पठाएर तपाई फसाउन जानेको छु भन्दै धम्कि दिनुहुन्थ्यो ।

त्यतिभएपछि केही दिन ठूलै झगडा हुन्थ्यो । फेरि मेरो मायाले जित्थ्यो र आफै झुकेर कुरा गरेर नर्मल बनाउँन कोसिस गर्थे । जेरीले भनिन् तर उहाँले मलाई ब्ल्याक मेलिङ गर्न थाल्नुभयो । प्रदिप रोक्कासँग नाम जोडेर मलाई उहीसँग जा भनेर कुट्न थाल्नुभयो ।

प्रदिप रोक्कासँग मैले गीत गाएको छु । उहाँ मेरो टीका लगाएको दाई हो त्यो शंकरलाई थाहा छ । तरपनि उहाँले मलाई प्रदिपसँग नाम जोड्न छोड्नुभएन । प्रदिपसँग गाएको गीत मुटुको धड्कन दर्शक स्रोतले खुबै मन पराउँनुभयो । विभिन्न ठाउँमा कार्यक्रममा प्रदिपसँग बोलाउँदा कहिलै म जान पाइन । एक दिन काँठे गीत प्रतियोगितामा हामी गएका थियौँ ।

त्यहाँ प्रदिपको समूह प्रथम भयो हाम्रो टीम दोस्रो भयो । विजय भएको खुशीमा मैले कल्पना र प्रदिपलाई अंकमाल गरेको रहेछु । त्यो फोटो आएपछि उहाँले मलाई महिनौ देखिको प्यास प्रदिपसँग मेटाइस् हैन ? भन्दै शंकरले मलाई कुट्नुभयो जेरीले भनिन् ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले आज सम्बनध विच्छेद गरेका छन् ।

गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । यी दुई बिच शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइउको छ । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको बताइएको छ ।

’ जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । यी दुई बिच लामो समय प्रेम सम्बन्ध भएपछि विवाह भएको थियो । अलग हुने खबर भए पछि फ्यानहरु दुखी भएका थिए ।

डिर्भोस भएपछि जेरीले भने शंकरले आफुलाई सधै दुख दिने गरेको बताइन् । उनी रुदै मिडियामा आएकी छन् । उनले परिवारले समेत आफुलाई धेरै दुख दिन थालेको बताइन् । सासुले छोरी जन्माएपछि छोरी हामीलाई दिएर डिर्भोस दिएर बस भन्दै थर्काएको पनि उनले बताइन् ।