चौबीस दिनदेखि बेपत्ता भएका म्याग्दीका हेमराज अझै फेला परेनन् , भेट्टाउनेलाई १० लाख पुरस्कार दिइने

गलेश्व विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन ।

गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता हुनुभएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता हुनुभएका शर्माका आफन्त विवेक शर्माले बताउनुभयो । सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद रु १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।

घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौँ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

यो पनि पढ्नुहोस् :
बुद्ध एयरको विमान काठमाडौँबाट विराटनगरसम्म एक जना यात्रुलाई मात्र लिएर उडेकाे छ ।
मङ्गलवार साँझ ८ बजेको उडानमा एक जना मात्र यात्रु भएपछि उनैलाई लिएर विमान काठमाडौँबाट विराटनगर उडेकाे हो । पुरै विमानमा एकल यात्रा गरेका उद्धव पौडेलले आफूले रोमाञ्चक अनुभव गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडान मा म एकल यात्रु । रोमाञ्चक अनुभव ।’उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवार हुन् ।

यो पनि पढ्नुहोश:कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । ‘हाम्रो पार्टीका उम्मेदवार लक्ष्मण चौधरी जीको उम्मेदवारी खारेज गरिएपछि पार्टीले आधिकारीक रुपमा निर्णय गर्दै स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गर्ने भएको हो,’ चौधरीले भने ।

टीकापुर घटनामा उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेपछि फरार भएका लक्ष्मणले वारेसमार्फत नागरिक उन्मुक्ती पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए । तर उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

लक्ष्मण २०७४ सालको निर्वाचनमा समेत कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । उन्मुक्ति पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार जगदिश त्यो बेला उनको प्रचारप्रसारमा सक्रिय थिए ।प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीको उम्मेदवारी कायम छ । प्रदेशसभा (१) मा श्रीराम चौधरी र प्रदेशसभा (२) मा गोठुराम चौधरीले उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस् :
सुनसरी ।

धरान तथा आसपासमा पर्ने नदी खोला, नाला तथा वन जङ्गल क्षेत्रबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन, खानेपानीको मुहान साथै बजारलगायतका संवेदनशील क्षेत्रको सुरक्षा निगरानी अब ड्रोनबाट गरिने भएको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रहरीले धरानको समग्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा ड्रोनबाट निगरानी गर्ने भएको हो । धरानका प्रमुख हर्कराज राई साम्पाङको अवधारणाअनुसार धरानमा विभिन्न खोला, नाला, वन क्षेत्रलगायत बजारसमेतको निगरानीमा नगर प्रहरीले ड्रोन प्रयोग गर्न थालेको हो ।

धरानको स्थानीय सर्दु, खर्दु र निशाने खोलामा भइरहेको वृक्षारोपण, खानेपानीको मुहान निर्माण तथा सरसफाइ अभियानको निगरानी गर्ने काम ड्रोनबाट गर्न सुरु गरिएको प्रमुख साम्पाङले बताए ।

केही दिनअघि खरिद गरिएको ड्रोनको सर्दु खोला क्षेत्रमा प्रमुख साम्पाङलगायत नगर प्रहरी, नगरपालिकाका प्राविधिकसमेतको उपस्थितिमा परीक्षण उडान गरिएको छ ।

भौगोलिक विकटता भएको विभिन्न स्थानमा नियमित हिँडेर त्यहाँको अवस्था बुझ्न पुग्नुभन्दा ड्रोनबाट हेरेर निगरानी गर्न प्रभावकारी हुने बताइएको छ । यस क्रममा सर्दु, खर्दु, निशाने र पकुवा खोला क्षेत्रका साथै धरानका अन्य भौगोलिक हिसाबले विकटता रहेका वन जङ्गल, डाँडा पाखालगायतका क्षेत्रमा हुने विकृति र विसङ्गतिको
निगरानी अबदेखि नगर प्रहरीले ड्रोनबाट गर्ने धरानका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए । यसबाहेक धरान बजार क्षेत्रको निगरानी गर्न र आवश्यकताअनुसार अन्य क्षेत्रमा पुगेर भिडिओ र तस्वीर लिनका लागि पनि ड्रोनको प्रयोग गरिने बताइएको छ ।धरान उपमहानगरपालिकाले फाइभ के प्रविधिको क्यामरा जडित सो ड्रोन उडाउनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमतिसमेत लिइसकेको छ ।-गाेरखापत्र बाट साभर

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित
राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ ।राष्ट्रपतिबाट फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो । राष्ट्रिय सभाले पनि शुक्रबार हुबहु पारित गरेको हो ।

अब यो विधेयक फेरि प्रतिनिधिसभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको संदेश प्रतिनिधिसभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।यसअघि पहिलो पटक प्राप्त नागरिकता ऐन संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरी पुनर्बिचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् ।

२४ असार २०७९ मा दर्ता भएको यो विधेयक प्रतिनिधिसभाबाट साउन ६ र राष्ट्रियसभाबाट १२ गते पारित भइ साउन १४ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । तर, विधेयक प्रमाणीकरण नगरी २९ साउनमा राष्ट्रपति भण्डारीले संघीय संसद्समक्ष जानकारी, अध्ययन र विमर्शका लागि भन्दै सातवटा बुँदा र ध्यानाकर्षणका लागि आठ वटा बुँदामा सन्देशसहित विधेयक फिर्ता गरिदिइन ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक पुनः संघीय संसदको दुबै सदनबाट पारित भएको छ । पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई नरहेको सरोकारवालाहरु रहेको भनाई रहेको छ ।

संविधानको धारा ११३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार दुबै सदनले फिर्ता भएको विधेयक प्रस्तुत रूपमा (जस्ताकोे तस्तै) वा संशोधन सहित पारित हुन सक्छ ।

‘राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’ संविधानको धारा ११३ उपधारा (४) मा उल्लेख छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मु’द्दा दर्ता गर्दै यस्तो माग गरेको हो ।

उनको नाममा रहेका दुई वटा जग्गा र बैंक खाता रोक्का राख्न माग गरिएको छ । लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४.१७ बर्गमिटर जग्गा रोक्का राख्न माग गरिएको हो। यस्तै कल्याणपुर ७ कै ११७०.३५ बर्गमिटर क्षेत्रफल रहेको कित्ता नं ६९३० पनि रोक्का राख्न माग गरिएको छ।

उनको बैंक खाता पनि रोक्का राख्न पनि माग गरिएको छ। एनआईसी एसिया बैंकमा उनको खातामा रहेका ६५ हजार २९८ रुपैयाँ रोक्का राख्न अदालत समक्ष अनुरोध गरिएको छ।

क्ष’तिपूर्ति प्रयोजनका लागि उनको सम्पत्ति र खाता रोक्का राख्न माग गरिएको हो। उनीविरु’द्ध सोमबार जिल्ला अदालतमा १२ वर्ष कै’द र क्ष’तिपूर्ति माग गर्दै मु’द्दा दायर भएको छ।

उनलाई सोमबार नै जिल्ला अदालतमा उपस्थित गराइएको भए पनि थुन’छेक बहस भने मंगलबारदेखि मात्रै सुरु हुने भएको छ। अदालतमा बुझाएको अभि’योजन पत्रमा मुख्य प्रमाणका रुपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ।

प्रहरीले अदालतमा मु’द्दासँगै ६ वटा प्रमाण बुझाइएको छ। प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशलास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्रा’इभ प्रहरीले बुझाएको हो।

शंकरका लागि जेरीले गरिन् ठूलो त्याग, छक्क पार्ने डिभोर्सको अन्तरकथा बाहिरियो !
नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो- प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।

नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो । तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः छ ।

पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र छन् । जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्‍याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् ।

जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ । ‘तर, शंकरको मन फर्किने सम्भावना न्यून छ’, स्रोतले भन्यो ।

काठमाडौं जिल्ला अदालतमा केही दिन अगाडि दायर मुद्दा सामान्य प्राविधिक कारणले मात्रै अड्किएको हो । उनीहरुलाई आइतबार मुद्दा टुंगो लगाउन अदालतले बोलाएको थियो । तर, त्यसदिन आफ्नो जन्मदिन परेकाले जेरी अदालत जान चाहिनन् । सोमबारदेखि अदालतमा तिहारको बिदा भयो । अब आइतबारसम्म सार्वजनिक बिदा भएकाले सोमबारमात्रै अदालत खुल्नेछ ।

जेरी सोमबार पनि अदालत जाने सम्भावना कम रहेको स्रोत बताउँछ । उनी अहिले श्रीमानको सम्पर्कमा छैनन् । श्रीमानसँग मात्र होइन, दुई-तीन दिनदेखि उनी कसैसँग पनि सम्पर्कमा छैनन् । आइतबार जुनकिरी दोहोरी क्लवमा श्रीमानसँगै जन्मदिन मनाएपछि उनी ‘सम्पर्कविहीन’ बनेकी हुन् । उनको फोन अफ छ भने सामाजिक सञ्जालमा पनि अफलाइन छिन् । उनले एउटा महत्वपूर्ण स्टेज कार्यक्रमसमेत रद्द गरिन् ।

शंकरको मन फर्किन्छ कि भन्ने प्रतीक्षामा नै जेरी केही दिन सम्पर्कविहीन बनेको स्रोतको अनुमान छ । तर, उनको चाहनाले मात्रै डिभोर्स टर्ने सम्भावना न्यून देखिन्छ । डिभोर्स भएको दिन जेरीले सबै कुरा मिडियामा ल्याउने तयारी गरेकी छन् ।

जेरीले श्रीमानसँग सम्बन्धविच्छेद गर्दा उनको कुनै पनि सम्पत्तिमा दाबी गरेकी छैनन् । त्यसो त शंकरसँग आफ्नो नाममा उल्लेख्य प्रपर्टी पनि छैन । भएको केही सम्पत्ति उनले परिवारका सदस्यहरुको नाममा राखेका छन् । आफू उल्टै १५/२० लाख ऋणमा रहेको उनको दाबी छ ।

जेरी र शंकरले विवाहपछि जुनकिरी रोदी क्लव सञ्चालनमा ल्याएका थिए । यसमा जेरी र शंकरको ६० प्रतिशत (दुवैको ३०/३० प्रतिशत) लगानी छ भने अरु दुई शेयर होल्डरको ४० प्रतिशत लगानी रहेको छ । शंकरको नाममा रहेको ३० प्रतिशत शेयर पनि जेरीकै पैसा भएको बताइन्छ ।

अब आफ्नो नाममा रहेको ३० प्रतिशत शेयर रकम लिएर जेरी उक्त क्लवबाट बाहिरिनेछिन् । त्यसपछि जुनकिरी रोदी क्लव शंकरले अन्य दुई शेयरहोल्डरसँग मिलेर सञ्चालन गर्नेछन् ।

जेरीले हालै आफ्नै व्यक्तिगत स्वामित्वमा नयाँ दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । उनले अब यसैलाई निरन्तरता दिनेछिन् । त्यसो त उनले एक अन्तर्वार्तामा डिभोर्सपछि विदेश पलायन हुने सोच बनाएको बताएकी थिइन् ।

यता शंकरको भने आफ्नै तयारी छ । स्रोतका अनुसार जेरीसँग सम्बन्धविच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्न सक्छन् । अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ ।

शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेको बुझिएको छ । पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने ती युवतीकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान छ । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न लागेको उनको भनाइ छ ।शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर

अहिले उनैलाई लात हानेको भन्दै गालीगलौज गरिरहेका छन् । तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गाली नगर्न अपिल गरेकी थिइन् ।जे होस, जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो ।

शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए । त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो ।अनलाइनबाटै लभ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३ वर्षको भिसामा दुबई गएका शंकर २२ महिनापछि नेपाल फर्किएका थिए ।

शंकर नेपाल फर्किँदा जेरी पनि संघर्षशील नै थिइन् । इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । र, जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए ।

विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो । तर, श्रीमान-श्रीमतीको सम्बन्धमा विस्तारै चिसोपना आउन थाल्यो ।अन्ततः उनीहरु सम्बन्धलाई बिट मार्ने निष्कर्षमा पुगेका हुन् । यो निर्णय जेरीले शंकरका लागि गरेको ‘सेक्रिफाइस’ भएको दुवै निकटस्थ स्रोतको भनाइ छ ।