प्रचण्ड ज्यानमारा हुन : रवीन्द्र मिश्र

काठमाडौं, कात्तिक १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मिश्रले प्रचण्डलाई यस्तो संज्ञा दिनुभएको हो । उहाँले प्रचण्डले चितवनको माडीमा बसमा बालबालिका र वृद्धवृद्धा जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप पनि लगाउनु भयो । मिश्रले पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

“मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने । पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने । अनि, यो देशमा राजाले गल्ती गर्न नहुने रु संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन् ? मलाई देखाउनुस,” मिश्रले भन्नुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्याएको भन्दै त्यसको विकल्पमा आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने माथिको अनुसन्धान निरन्तर जारी छ । सरकारी वकिलको कार्यालयलाई बयान दिनेक्रममा लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् । उनले ब-लात्कार भने नगरेको दाबी गरेको बताइएको छ ।

उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् । उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको बयान दिएका छन् ।

सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् । सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो ।

फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो । सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ ।

उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ । ती अधिवक्ताका अनुसार पी’डित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन् ।

ब-लात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बला-त्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।