अपूर्वलाई बोल्न पनि डर लाग्न थाल्यो, के अब अपूर्वले कमेडी छाड्दै छन् त ?


लामो बहसपछि अन्ततस् काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इ’जलासबाट बिहीबार साँझ कमेडियन अपूर्व क्षितिज सिंहलाई अढाई लाख धरौ’टीमा रि’हा गर्ने आदेश हुँदा घाम अस्ताइसकेको थियो ।

आदेश आउने बित्तिकै प्रहरीले अपूर्वको हातमा रहेको हत’कडी खोलिदियो भने उनका आफन्त र शुभचिन्तक पैसा जोहो गर्न निस्किए । उनका कानुन व्यवसायी अधिवक्ता शान्तिराम खतिवडाले हतार–हतार अदालत प्रशासनबाट आदेशको एक प्रति निकाले र रि’हाइको प्रक्रिया टुंग्याए ।

लामो प्रक्रियापछि धरौ’टीमा छुटेका अपूर्वको मुहारमा भने हाँसो थिएन । इजलासबाहिरको एउटा कुनामा बसेका उनका आँखा आँसुले भिजेका थिए, बोलीमा कम्पन । आफ्नो कमेडीलाई गलत बुझिएकामा र भिडियो डिलिट गरेर मा’फी मागिसकेको अवस्थामा राज्यले गरेको क्रू’र व्यवहारका कारण उनको मन कुँडिएको छ ।

भन्छन्, ‘मलाई यो सहर असुरक्षित लाग्न थालेको छ तर पनि यहीँ बस्छु । बोल्न डर लाग्न थालेको छ तर पनि हिम्मत हारेको छैन । कुनै दिन फेरि कमेडी गर्नेछु ।’

हत’कडीसहित अदालत ल्याइएका अपूर्वको पक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि बहस गरेका थिए । उनको विपक्षमा सहायक जिल्ला न्यायाधिवक्ता भक्ति उपाध्याय र जाहेरवाला १०२ जना अभियन्ताका तर्फबाट अधिवक्ताहरू जुजुकाजी महर्जन, नरेश श्रेष्ठ, युद्धमान महर्जन, सुनील महर्जन र राजु शाक्यले बहस गरेका थिए ।

अपूर्वबाट नेवारी परम्पराको अ’पमान भएको र जा’तीय सद्भावनामा ख’लल पुगेको भन्दै उनलाई हदैसम्म का’रबाही हुनुपर्ने र थु’नामै राखेर मु’द्दाको प्रक्रिया अघि बढाइनुपर्ने अडान उनीहरूले पटक–पटक राखे ।

मा’फी मागिसकेपछि पनि सामान्य कमेडी गरेबापत मु’द्दा चलाउनु आफैंमा अशो’भनीय हुँदाहुँदै थु’नामा राखेर बहस गर्न त झनै नहुने भन्दै उनका अधिवक्ताद्वय खतिवडा र त्रिपाठीले अपूर्वलाई सामान्य ता’रिखमा छाड्नुपर्ने जि’किर गरेका थिए ।

न्यायाधीश मैनालीले ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रति’वादी अपूर्व क्षितिज नि’र्दोष भन्न नमिल्ने भए तापनि पछि ठ’हरेबमोजिम हुने गरी’ भन्दै दुई लाख पचास हजार ध’रौटीमा हि’रासतबाट मुक्त गर्ने निर्णय सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।

यो पनि :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउने बताएका छन्।

पोखरामा शुक्रबार भएको पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय भेलामा प्रचण्डले सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताले आफ्ना उम्मेदवारलाई भोट नहाले पाप धुरीबाट कराउने बताए।

‘कुनै पनि पार्टीका नेता, कार्यकर्ता साथीहरू दुविधामा रह्यो, यसलाई भोट हालौं कि नहालौं, नहालौं जस्तो मनमा आयो भने पाप पलाएको बुझिन्छ। पाप धुरीबाट कराउँछ भने जस्तो मनमा पाप पलायो भने अन्तत धुरीबाट कराउँछ,’ उनले भने।

उनले स्थिरता र विकासका पक्षमा पाँच दलीय गठबन्धन बनेको बताए। यस्तै अर्को गठबन्धन भने यसलाई उल्टाउने पक्षमा लागेको उनको आरोप थियो।

‘यो पवित्र गठबन्धन हो। राष्ट्र, जनता र लोकतन्त्रका पक्षमा बनेको हो। स्थिरता र विकासका पक्षमा,’ उनले भने, ‘हाम्रो अरू कुनै स्वार्थ छैन र थिएन। अर्को गठबन्धन पनि छ सँगसँगै, त्यो भने यो परिवर्तनलाई उल्ट्याउन चाहन्छ।’

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

काठमाडौँ महानगरपालिकाको एक मिसनमा धक्का लागेको छ । बालेनको नेतृत्वमा रहेको महानगरले केही समयअघि काठमाडौँ प्लाजाको उत्तरदेखि जय नेपाल हलसम्म टुकुचा खोला किनार क्षेत्रमा स्वीकृत नक्सा विपरीत, मापदण्ड विपरी’त वा नक्सा नै नबनाइ घर/टहरा निर्माण गरेको देखिएको भन्दै ३५ दिन भित्र हटाउन घरधनीहरूलाई आह्वान गरेको थियो ।

तर ३५ दिन बितिसके पनि यसमा धेरै कानूनी र व्यवहारिक जटिलता, अन्य निकायसँगको समन्वय जरुरी देखिएको भन्दै टुकुचा नदी र वरपरको जग्गा खाली गर्न सकेको छैन । खोलाको नापी नक्शाकै अभाव सबभन्दा टड्का’रो समस्या देखिएको छ ।

कुनै खोला बिलाउँछ ? या कुनै खोला नक्सामा नभेटिन सक्छ ? सुन्दा आश्चर्य लागे पनि सरकारी कागजमा यस्तै रहेको भेटिएको छ । करिब १० वर्ष अगाडि नै काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले नापी विभागलाई पत्र लेखेर शहर भित्रको टुकुचा खोला कहाँ हो यकिन गर्दिनुप¥यो भनेर सोधेको थियो ।

तर चित्तबुझ्दो जवाफ पाउन सकेको थिएन । नापीबाट जबाफमा सो क्षेत्रको जग्गा नाप्दा टुकुचा नदेखिएको हुँदा खोला यकिन गर्न नसकिएको भनेर जवाफी पत्र लेखेको थियो ।

अहिले टुकुचा खोला वरपरको जग्गामा सरकारी कलेजहरू, विदेशी नियोग र निजी व्यापारिक कम्प्लेक्सले ठाउँठाउँमा टुकुचाको अ’तिक्रमण गरेका छन् । टुकुचाको पुरै क्षेत्रको अभिलेखिकरण गर्न ड्रो’नबाट भिडिओ खिचाएर शहरी विकास मन्त्रालयले रेकर्डमा राखेको थियो ।

१ सय ३८ वर्ष अगाडि अर्थात वि. स. १९४२ मा नै इँटा, चुना र सुर्की लगाएर गुम्बज बनाएर टुकुचालाई छोपिएको बताइएको छ । पहिला श्री ३ वीर शमशेर जबराको स्वामित्वमा रहेको जग्गामा पर्ने टुकुचामा वि। स। १९४२ तिर जोगवीर स्थापित भन्ने इन्जिनियरले गुम्बज जस्तो बनाई छोपेको र त्यहाँ पुतली बगैँचा बनाएको इतिहास छ ।

सय वर्ष पुरानो संरचना मास्न पाइँदैन, पुरातात्विक वस्तु हुन्छ । त्यसैले यसलाई महानगरले भत्का’उन सकेन । टुकुचामा गुम्बज बन्दा प्रदु’षण कम भएको छ । दु’र्गन्ध आएको छैन, कटानको पनि समस्या छैन । हाल जय नेपालदेखि कमलादीसम्म बसोवास गर्ने ६०–७० घरका बासिन्दाहरू सबैले श्री ३ वीर शमसेरका सन्तानसँग जग्गा खरिद गरेर बसेको खुुलेको छ ।