किन सन्दीपले अरुसंग कुरा गर्न छाडे ?

नेपाली राष्ट्रिय टिमका नि’लम्बित कप्तान तथा विश्वविख्यात क्रिकेटर सन्दीप लामिछाने झण्डै २ सातादेखि प्रहरीको नि’यन्त्रणमा रहेका छन् । उनीमाथि प्रहरी अनु’सन्धान भइरहेको छ ।

गत असोज २० गते कतार एयरवेजको जहाजमा दोहाबाट नेपाल आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प’क्राउ परेपछि उनी अहिले प्ररहीको हि’रासतमा रहेका छन् ।

उनीविरु’द्ध बुधबार तेस्रो पटक म्याद थप गरिएको छ । म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

उनीवि’रुद्ध यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हि’रासतमा राखी अनुस’न्धान गर्न जिल्ला अ’दालत काठमाडौंले अनुमति दिएको थियो । अनुु’सन्धान नसकिएकाले अझै केही दिन म्या’द थपको माग गरिएको प्रहरीले जानकारी दियो ।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनु’सन्धान अगाडि बढाएको छ । गौशालाकै हिरा’सत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ ।

अन्य थुनु’वासँगै रहेका सन्दीप प्राय अरुसँग कुरा गर्दैनन् । एक प्रहरी अधिकारीले भने,“परिवारका सदस्यहरु र उनका कानुन व्यावसायी भेट्न आउँछन् । प्रहरीकै क्यान्टिनमा खान्छन् । नि’रास देखिन्छन् । अन्य थु’नुवाहरुसँग पनि त्यति बोल्दैनन् ।”

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपवि’रुद्ध ब’ला त्कारको जा’हेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक ना’बालिगमाथि पटक–पटक बला’त्कार गरेको जाहे’रीमा उल्लेख छ ।

सानै उमेरमा यस्तो ठूूलो आ’रोप लागेपछि उनले आफैँ पनि केही समयअघि आफूू मा’नसिक रुपमा कमजोर भएकाले आ’इसोलेसनमा बसिरहेको बताएका थिए । घटनाका कारण उनी फ’स्न सक्ने भन्दै नि’रास भएको स्रोतको दाबी छ ।

यो पनि :
काठमाडौं । भारतीय कांग्रेसले नयाँ नेतृत्व पाएको छ । गएको सोमबार भएको चुनावबाट मल्लिकार्जुन खड्गे नेतृत्वमा पुगेका हुन् । उनले प्रतिस्पर्धी शशि थरुरलाई सातहजार ८९६ मतले पराजित गरे ।

कांग्रेसको नेतृत्वका लागि दुई विख्यात उमेदवार थरुर र खड्गे मैदानमा थिए । तर, बाजी खड्गेले मारे । उनी १३७ वर्ष पुरानो पार्टीको नेतृत्वमा पुगेका हुन् ।

नेतृत्व चयनका लागि देशभर ४० मतदान केन्द्र र ६८ बुथमा मतदान भएको थियो । मतदान प्रक्रियामा ९ हजार ८०० जना प्रतिनिधि सामेल भएका थिए । जसमध्ये ९६ प्रतिशतले मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहान १० बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन भएको मतदानको नतिजा दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा आज घोषणा भएको थियो ।

भारतीय कांग्रेसको नेतृत्व चयनका लागि पछिल्लो २४ वर्षमा पहिलोपटक चुनाव भएको हो । यसअघि सन् १९९८ मा सीताराम केसरीलाई हटाएर सोनिया गान्धीले नेतृत्व लिएकी थिइन् । सोनिया सबैभन्दा लामो समयसम्म पार्टी सभापति (१९९८–२०१९) बनिन् ।

सन् २०१७ र २०१९ बिच राहुल गान्धी सभापति बने । तर, सन् २०१९ मा भएको आम चुनावमा पार्टीले निराशाजनक प्रदर्शन गरेपछि उनले कमजोरी स्वीकार्दै पद त्यागे ।

अन्तरिम अध्यक्षको रूपमा आमा सोनिया गान्धीले नेतृत्व लिएकी थिइन् । अब खड्गे निर्वाचित भएसँगै नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ ।

कांग्रेस भारतका सबैभन्दा पुराना पार्टीहरूमध्ये एक हो । तर, पार्टी लामो समयदेखि नेहरू–गान्धी परिवारको ‘जागिर’ गर्ने थलो भएको भन्दै भारतमा तीव्र आलोचना हुँदै आएको थियो ।

अहिलेसम्म परिवारका ६ सदस्यहरू मोतीलाल नेहरू, जवाहरलाल नेहरू, इन्दिरा गान्धी, राजीव गान्धी, सोनिया र राहुलले कांग्रेस पार्टीको नेतृत्व गरेका छन् ।

कांग्रेसको अस्तित्वको १३७ वर्षमा नेहरू–गान्धी परिवारका सदस्यहरूले मात्र एक सय वर्षभन्दा बढी समयसम्म पार्टीको नेतृत्व गरेका छन् । मोतीलाल नेहरू पहिलोपटक सन् १९१९ मा पार्टी सभापनि बनेका थिए । मोतीलालको पाँचौँ पुस्तासम्मले पार्टीको नेतृत्व गरे ।

पार्टीमा गान्धी परिवारको दबाबको आलोचनालाई रोक्न राहुलले पार्टीले पार्टी प्रमुखको रूपमा गैर–गान्धी चयन गर्नुपर्ने धारणा राखेको थिए । फलस्वरूप गान्धी परिवारको कट्टर बफादार मित्र खड्गे सभापतिका लागि उठे । उनलाई वरिष्ठ कांग्रेस नेताहरू र पार्टीको शीर्ष कमान्डको समर्थन थियो ।

खड्गेलाई खुला समर्थन गरेका पार्टीका कतिपय शीर्ष नेताहरूले थरुरलाई भेट्नसमेत नचाहेको भन्दै थरुर आफैँले आलोचना गरेका थिए । जसले कांग्रेसको सभापतिको चुनावको विश्वसनीयतामाथि प्रश्न पनि उठेको थियो ।

चाखलाग्दो कुरा त के छ खड्गेलाई मनोनयनमा ‘ग्रुप अफ २३’ (जी–२३) वरिष्ठ कांग्रेस नेताहरूको समर्थन गरेका थिए । जी–२३ तथाकथित विद्रोहीहरूको समूह हो, जसले अगस्ट २०२० मा सोनियालाई खुला पत्रमार्फत पार्टीमा प्रणालीगत परिवर्तन गर्न आग्रह गरेका थिए । थरूर सोही जी–२३ सामेल थिए ।

कर्नाटकको कालाबुर्गी जिल्लाको एक साधारण पार्टी कार्यकर्तादेखि सभापति पदको दौडमा खड्गेको यात्रा उतारचढावले भरिएको छ । दक्षिणका दलित नेता खड्गेलाई सभापति पदको दाबेदार बनाएर कांग्रेसले पार्टीभित्रको क्षमताको बलमा साधारण कार्यकर्ता पनि सभापतिमा पुग्न सकिन्छ भन्ने सन्देश कार्यकर्तालाई दिन खोजेको भारतीय विश्लेषकहरूको भनाइ छ ।

सन् १९७२ मा आफ्नो राजनीतिक करिअर सुरु गरेका खड्गेले कर्नाटकको कालाबुर्गी जिल्लाको गुरमितकल सिटबाट लगातार नौ पटक विधायकको चुनाव जितेका थिए । त्यसपछि उनलाई कन्नड भाषामा ‘सोल इलाडे सरदार’ भनियो, जसलाई चुनावमा हराउन असम्भव छ ।

पहिलोपटक सन् २००९ मा लोकसभामा निर्वाचित भएका उनी केन्द्रमा मनमोहन सिंह नेतृत्वको यूपीए सरकारमा मन्त्री बनेका थिए । आफ्नो कार्यकालमा उनले संविधान संशोधनका लागि अभियान चलाएका थिए ।

जसका कारण हैदराबाद र कर्नाटक क्षेत्रका जनताले शिक्षा र रोजगारीमा आरक्षण पाएका थिए । सन् २०१४ मा उनी लोकसभामा विपक्षी दलको नेता थिए । तर, २०१९ मा चुनाव हारे ।