देउवालाई डिबेटको लागि ओलीको चूनौती

काठमाण्डौ- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचनको लागि खुला बहसको चूनौति दिएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेशबुकमार्फत ओलीले यस्तो चूनौति दिएका हुन् ।

उनले पश्चिमा देशहरुमा निर्वाचनको समयमा यस्तो लाइभ डिबेट हुने गरेको भन्दै आफू डिबेटको लागि तयार रहेको बताएका छन् । उनले लेखेका छन्-“सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?”