गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री

प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टमा राजनीतिक इमान नभएको बताएकी छन् ।

उनले विष्टमा राजनीतिक इमान हुन्थ्यो भने निर्वाचनमा आफूलाई जिताउन झोला बोकेर हिँड्नुपर्ने टिप्पणी गरेकी छन् । गुल्मीको अर्खबाङ्ग ठुलाचौरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘गोकर्ण दाइबारे मलाई आलोचना र प्रशंसा गर्नु छैन,

यसअघिका सबै निर्वाचनहरूमा म उहाँको लागि झोला बोकेर हिँडेकी थिएँ, यदि उहाँमा इमान हुन्थ्यो भने यसपटक मेरो झोला बोकेर हिँड्नुपर्थ्यो ।’ विद्यार्थी जीवनदेखि पार्टीको काम गरेर जनताको दुख सुखमा साथ दिएको उनले बताइन् ।

झाँक्रीले केपी ओली गुट छाडेर माधवकुमार नेपालको गुटमा लाग्न शुरुमा गोकर्ण बिष्टहरुले नै आफूहरुलाई उक्साएको आरोप लगाइन् । तर पछि विष्टबाट धोका भएको उनको भनाइ छ ।

उनले गुल्मी २ मा अहिले पनि पानी पर्दा हिँड्ने बाटो र बिजुली बत्ति नहुने गरेको, शिक्षाको क्षेत्रमा पनि कुनै विकास नभएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताउन अपिल गरिन् । कार्यक्रममा प्रदेश (ख) का उमेदवार बुद्धि जिसीले गोकर्ण विष्ट अहिलेसम्म झुटो प्रचारबाजी र झुटो आश्वासनकै भरमा टिकेको आरोप लगाए ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।