‘सन्दीप लामिछाने बलात्कारी हो, सन्दीपलाई कानुनले छोडयो भने म अनसन बस्ने छु’ – जय नारी

आँफुलाई अधिकारकर्मी बताउँदै आएकी जयनारी भनिने सावित्री सुवेदीले सन्दीपलाई गम्भिर आरोप लगाउँदै सामाजिक संजालमा नै सन्दिप लामिछानेलाई बलात्कारी भन्न पछि परेकी छैनन् ।

उनी पटकपटक सन्दीप प्रकरणमा सन्दीपलाई नै दोषी हो भन्दै आइरहेकी छिन्। केही समय अगाडी बलात्कारी हो र नेपाल आउने बित्तिकै फाँसी दिनुपर्छ भन्ने जय नारी यसपटक पनि सन्दीपको बिरोधमा उत्रेकी छिन्।

उनले भनेकी छिन् – ‘सन्दीप लामिछाने बलात्कारी हो, सन्दीपलाई कानुनले छोडयो भने म अनसन बस्ने छु’

माइती नेपालको कब्जामा ‘पीडित’

धेरैको मनमा उठिरहेको जिज्ञासा, जाहेरीकर्ता कहाँ छिन् ? आरोपी सन्दीपलाई ‘डे वान’ बाटै सार्वजनिक गरेको प्रहरीले जाहेरीकर्तालाई भने गोप्य राखिरहेको छ । कानूनी व्यवस्थाअनुसार पनि यौनजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्नुपर्ने हुन्छ । प्रहरी स्रोतका अनुसार जुनेली माइती नेपालको संरक्षणमा छिन् ।

जाहेरी दर्ता भएको दुई-तीनपछि प्रहरीले उनलाई माइती नेपालकी अनुराधा कोइरालाको जिम्मा लगाएर पठाएको हो । कोइरालाले जुनेलीलाई निकै कडा निगरानीमा राखेकी छन् ।

उनलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो । माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।

जुनेलीले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, उनले बाहिर निस्केपछि बयान फेर्ने चिन्ताले गर्दा अनुराधाले त्यो अनुमति नदिएको स्रोतले बतायो । साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।

के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन ।

‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्न सक्ने सम्भावना बलियो छ’, स्रोतले भन्यो ।