दशैको टिकाको दिनमा बाघले मान्छे खायो, बाघ मार्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)

बडादशैको टिकाको दिन भानु नगरपालीका तनहुका ४ बर्षिय आशिष बानिँया अन्य दुईजना साथीसंग नजिकै रहेको टौवामा पिंङ खेल्न गए । साँझको करिब ५ः३० बजे तिर चितुवाले आशिषमाथी अक्रमण गर्यो र पीङबाट माथी जंगलतिर घिसारेर लग्यो । बाँकी रहेका दुईजनाले चतिुवाले लगेको देखेपछि नजिकैको घरमा भन्न गए, बाहिर निस्केर हेर्दा चितुवाले आशिषलाई जंगलतिर लादै थियो । गाउँलेहरु जम्मा भए जंगलमा खोज्न गए तर आशिषलाई भने नजिकै बारिको कुन्हामा छोडेर गएको रहेछ । करिब ३० मिनेटपछि बेहोस अवस्थामा फेला परेका आशिषलाई डुम्रेको लक्ष्मी अस्पतालले मृत घोषित गरेको थियो ।

भानुमा फेरि चितुवाको आक्रमण भएको हो । यसअघि पनि भानु क्षेत्रमा पटक–पटक चितुवाले आक्रमण गर्दै आइरहेको छ । भानु नगरपालिका क्षेत्रमा यस अगाडि अघिल्लो आर्थिक वर्ष पनि चितुवाको आक्रमण परी ४ जना बालबालिकाको ज्यान गएको थियो । जुन घटनाका कारण स्थानीयहरु निकै त्रसित भईरहेका थिए । यो पछिल्ला घटनाले झन स्थानीयहरु त्रसित हुन पुगेका छन् ।