मिश्रसँग तुलना भएपछि भट्टराईले भने–सखर र गोबर उस्तै देखिए पनि आधारभूत कुरा मिल्दैन

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता आफ्नो पार्टीको नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै हुन् भन्ने कुरा उठिरहेको भन्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु गुँड (सखर) र गोबर झैँ भएको उल्लेख गरे। माओवादी, नयाँ शक्ति, जसपा हुँदै नेसपासम्म आइपुगेका डा. भट्टराईले विवेकशील साझाबाट राप्रपा प्रवेश गरेका मिश्रसँग आफ्नो तुलना भएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

‘आज सामाजिक सञ्जालमा देखेँ–आखिर वैकल्पिक भन्नेहरूको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदै छ, बाबुराम पनि पछि फर्कियो’ भन्नेछ। गुँड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो। त्यसको आधारभूत कुरा केही पनि मिल्दैन,’ उनले भने।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जात, भाषाअनुसार पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए। नेपालको शासकीय निर्वाचन प्रणाली खिचडीजस्तो भएको उनको भनाइ छ।

उनले भने, ‘यो संविधान आधा गिलास भरी र आधा खाली छ। नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई ध्यान दिँदै हामीले पूर्ण रूपमा क्रान्ति पूरा गर्न नसकेको नै हो। सम्झौताको बाटोबाट गए पनि मूलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर, पूर्ण गर्न सकेनौँ।’

याे पनि ः

भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भन्दा आफ्नो लागि संविधानको रक्षा , राजनीतिक स्थीरता, आर्थिक समृद्धि र विकास प्राथमिकतामा रहेको बताएका छन् ।

गृहजिल्ला चितवनमा रहेका प्रचण्डले प्रेस सेन्टर चितवनले वडा दशैं लगायतका चाडपर्वमा सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले अहिले पनि आफुलाई प्रधानमन्त्रीको अफर आईरहेको भन्दै आफुले कुर्सीमा भन्दा देशको विकास र अग्रगमनको पक्षमा कमिटमेन्ट गरेको बताएका हुन् ।

‘मैले चाहेको भए ०७४ को चुनावमा मलाई ५ वर्ष नै प्रधानमन्त्रीको अफर थियो, त्यसपछि पनि थियो, अहिले पनि त्यस्तो अफर छ, प्रचण्डले भने, तर मलाई मेरो लािग संविधानको रक्षा, लोकतन्त्रको रक्षा, राजनीतिक स्थीरता र आर्थिक समृद्धि र विकासको लागि समर्पित गर्ने मेरो कमिटमेन्ट हो । अव फैसलला तपाईहरुको हातमा छ । तपाईहरुले दिने फैसला मलाई मन्जुर छ,’ प्रचण्डले भने, – ‘चितवनका जनता सचेत छन् । उनीहरुको फैसला जहिले पनि अग्रगामी, लोकतन्त्र, अग्रगामनको पक्षमा हुँदैं आएको हुन्छ भन्ने मेरो विश्वास छ । अन्यथा जनताले फैसला दिन्छ भनेपनि शान्ति सम्झौतापछि गिरिजाप्रसाद कोइराला ले हस्ताक्षर गदैगर्दा जनताको कुनै पनि फैसला मान्य हुनेछ भनेर हामी संविधानसभामा सहभागी भएको हो ।’

प्रचण्डले केही वर्ष देखि नै आफु प्रधानमन्त्रीको रेसमा नरहेको पनि बताए ।

’म प्रधानमन्त्रीको रेसमा केही वर्ष देखि छैन, मेरो रेस संविधानको रक्षा, राष्टियताको रक्षा हो’ – प्रचण्डले भने । राजनीतिक स्थीरता, लोकतन्त्रको सुढृढीकरण र आर्थिक समृद्धिको लागि लाग्ने प्रचण्डले बताए । फैसल्ला गर्ने अधिकार जनताको हातमा रहेको र चितवनका जनताले जहिल्यै अग्रगमनको पक्षमा फैसला दिने प्रचण्डले बताए । जनताले दिने फैसला आफुलाई मान्य भएको पनि उनले बताए ।

चितवनको विकासलाई नमुना विकासका रुपमा प्रस्तुत गर्नुपर्ने पनि प्रचण्डले बताए । उनले त्यसका लागि आफु प्रतिवद्ध रहेको पनि बताए । चितवन देशको मध्यभागमा रहेको र देशका विभिन्न स्थानबाट बसाई सराई गरेर आउने हरुको समकेन्द्रण रहेकोले चितवनको विकास देशकौ सवाल भएको बताए । प्रचण्डले आफनो दिमागमा चितवनको विकसालाई ब्यवस्थित पार्ने कोसिसमा रहेको भन्दै उनले अवको दशक आर्थिक क्रान्ति र समृद्धिको दशकका रुपमा रहेको बताए । उनले केही खवौं योजनाहरु कसरी नेपालमा ल्याउन सकिन्छ भन्ने सोचमा रहेको र एउटा नयाँ क्रान्ति समाजवादको लागि गर्ने परिकल्पना गरिएको पनि बताए ।

मंसिर ४ को चुनावबाट फैसला कसको पक्षमा दिने भन्ने दिन नजिक आईसकेको प्रचण्डको भनाई थियो ।

स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित ढंगले मंसिर ४ को चुनावमा जनताले आफनो फैसल्ला गर्न पाउन् भन्नेमा आफुहरु रहेको प्रचण्डले बताए ।

संविधान नै धरापामा पर्ने हो की, लोकतनत्र नै दुर्घटनामा पर्ने हो की, समानुपातिक समावेशी मान्यता नै दुर्घटनामा पर्ने हो की भन्ने चिन्ता सर्वत्र उठेको बेला जनताले गम्भिरता र सक्रिय सहभागिताका साथ स्थानीय तहमा जनताले आफनो फैसल्ला दिएको स्मरण गदै प्रचण्डले त्यो लोकतनत्रको विजय भएको बताए । उनले मंसिर ४ को चुनावलाई पनि सफल बनाउन सवैले आ -आफनो ठाँउबाट योगदान गर्नुपर्ने बताए ।