बालेनले गरिब निमुखा जनताको खुसि लुटिदिएर गल्ती गर्दैछ : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्।

उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ!’

धरानका मेयर हर्क साम्पाङको ध्यान अहिले आफ्नो उपमहानगरमा भन्दा पनि काठमाडौंमा बेसी छ । केही दिनअघि काठमाडौं आएर फर्केदेखि उनी यहाँका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक सञ्जालमा खनिएको खनियै छन् ।

अहिले काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहेको छ । यद्यपि, साना व्यवसायीहरू भने महानगरसँग क्रुद्ध छन् । हिजो उनीहरूले महानगर अगाडि बालेनविरुद्ध नारावाजीसमेत गरे ।

धराने मेयर साम्पाङ पनि बालेनको यो एक्सनप्रति असहमत देखिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै बालेनप्रति असहमति र साना व्यवसायीप्रति सहानुभूति दर्शाएका हुन् । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने साम्पाङको मत छ ।

‘सबैको बाँच्ने अधिकार हुन्छ,’ उनले भनेका छन् ।

अर्को स्टाटसमा साम्पाङले गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनी दिएका छन् ।‘यो संसार तिनै गरिबहरुको श्रमले चलेको छ । संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा,’ साम्पाङले लेखेका छन् ।

सामाजिक सञ्जालमा अति सक्रिय साम्पाङले आज बिहानै तीनवटा स्टाटस लेखे । एकपटक लाइभमा समेत आए । बिहाने ५:५२ मा उनले आफ्ना आलोचकहरूप्रति लक्ष्यित गर्दै पहिलो स्टाटस लेखेका थिए ।

‘मेरो स्टाटस हेर्न मन नपराउनेहरू र मेरो कार्यहरू देख्न मन नपराउनेहरू सबैले मलाई ब्लक गरिहाल्नु । रिसाउँदै हेरिरहनुको कुनै तुक छैन ।’ उनले भनेका छन् ।

काठमाडौं महानगरपालिकाले नक्सा पासबिना अनधिकृत रूपमा बनाइएका संरचना भत्काउन थालेको छ । अनधिकत रूपमा निर्माण गरिएका संचरना भत्काउन सूचना जारी गरेको ३५ दिनभित्र पनि नभत्काएपछि महानगरले डोजर चलाएर संरचना भएत्काएको हो ।

मेयर बालेन साह नेतृत्वको टोलीले बुधबार काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको थियो । रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई टोलीले पुनः मिति दिएर फर्किएको थियो ।

विभिन्न व्यापारिक संरचनामा अवैध व्यवसाय नियन्त्रण गर्न आफैँ मैदानमा उत्रिएका मेयर शाह बिहीबार दलबलसहित नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्समा पुगेका थिए । बालेनले नक्सा देखाउन आग्रह गर्दा नदेखाएपछि अल्फाबिटा सञ्चालक द्विराज शर्मासँग झोक्किए ।

सञ्चालक शर्माले आफूले व्यवसाय गर्न स्वीकृत लिएको बताउँदै गर्दा शाहले आक्रोशित शैलीमा ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै सवाल जवाफ गरेका थिए ।

शाह त्यतिमै रोकिएनन्, ३५ दिने सूचना हातमा बोकेर हिँडेका शाहले चर्को स्वरमा झोक्किन पुगेका थिए । आक्रोषलाई नियन्त्रणबाहिर पुर्याएका बालेनलाई नजिकैबाट ‘तपाईं हाम्रो जनप्रतिनिधि भएर किन आवेशमा आउनुहुन्छ’ भनेका थिए ।

‘तपाईंको घरको नक्सा म सँग हुनुपर्छ । ३५ दिनभित्र खाली गरे भनेर नोटिस दिएको छैन । तपाईंको घरको नक्सा म सँग हुन्छ । तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि म सँग हुने’ उनले झोकिँदै भने ।

शाहले व्यापारिक प्रायोजनका बनाइएको भूमिगत संरचना तत्काल खाली गर्ने निर्देशनसमेत दिएका छन् । यस्तै महानगरको कर्मचारी, नगरप्रहरी र ट्राफिक प्रहरीको टोलीसहित निस्किएका शाहले बिहीबार मात्रै शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि त्यहाँ पुगेर हटाउन निर्देशन छन् ।

त्यहाँपश्चात महानगर प्रहरी र कर्मचारीको टोली बत्तीसपुतलीस्थिथ मुक्तिनाथ विकास बैंक र आडमा रहेको एक रेष्टुरेण्टलाई समेत अवैध संरचना हटाउन निर्देशन दिएको छ ।

काठमाडौं महानगरले अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । अनधिकृत संरचना हटाउन काठमाडौंका मेयर शाह स्वंय नै खटिएका छन् । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन् ।

काठमाडौं मलको अवैध संरचना भत्काएसँगै स्थानीय व्यापारीमा खैलाबैला मच्चिएको छ । व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनीहरूको भनाइ छ । कतिपयले चाडबाडको मुखमा महानगरले चलाएको अभियानले आफूहरू पीडित बनेको अभिव्यक्ति दिएका छन् ।

यो पनि पढ्नुहोस् :

काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् ।

घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को निर्वाचन लडाउने तयारी गरेका छन् । घिसिङले पनि चुनाव लड्ने मनशाय बनाएका छन् । यसअघि उनी काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । तर, घिसिङ स्वयमले भने आफू काठमाडौं–३ बाट चुनाव लड्ने बताएका छन् ।

उनले सो सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् । दाहालले भने काठमाडौं वा रामेछाप जहाँबाट लडेपनि टिकट दिईने बताईसकेका छन् । ०७४ मा काठमाडौं–३ मा एमालेका कृष्णबहादुर राई निर्वाचित भएका थिए । घिसिङ अहिले काठमाडौं ३ मै बसोबास गर्छन् ।

काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् ।

घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को निर्वाचन लडाउने तयारी गरेका छन् । घिसिङले पनि चुनाव लड्ने मनशाय बनाएका छन् । यसअघि उनी काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । तर, घिसिङ स्वयमले भने आफू काठमाडौं–३ बाट चुनाव लड्ने बताएका छन् ।

उनले सो सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् । दाहालले भने काठमाडौं वा रामेछाप जहाँबाट लडेपनि टिकट दिईने बताईसकेका छन् । ०७४ मा काठमाडौं–३ मा एमालेका कृष्णबहादुर राई निर्वाचित भएका थिए । घिसिङ अहिले काठमाडौं ३ मै बसोबास गर्छन् ।