सन्दीपको लोकेसन भेटियो, २१ दिनमै ४ देशको यात्रा

नेपाली क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नोटि’स जारी गरेको हो।

नोटिस जारी भएसँगै अब इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले सन्दीपलाई प’क्राउ गर्न सक्नेछन्। डिफ्युजन नोटिस भनेको अन्तर्राष्ट्रिय प’क्राउ पू’र्जी जस्तै हो।

लामो समय सम्पर्कविहीन भएका सन्दीपले आइतबार मात्रै आफू चाँडै नेपाल फर्किने फेसबुकमा उल्लेख गरेका थिए। सन्दीपविरु’द्ध एक नाबालिगले भदौ २१ गते ब’ला त्कार आ’रोपमा जाहेरी दिएकी थिइन्। जा’हेरी परेसँगै राष्ट्रिय क्रिकेट टिमबाट निलम्ब’नमा परेका लामिछाने अब भने पक्रा’उ पर्ने सम्भावना बढेको छ।

क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने उतै बेखबर बनेपछि इन्टरपोलको सहयोग मागिएको नेपाल प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार सन्दीप यसबीचमा सिंगापुर, भारत र दुबई आवतजावत गरेका छन् । अहिले उनी सिंगापुरमा रहेको प्रहरी स्रोतको दाबी छ ।

‘उनी कहाँ छन् भन्ने हामीलाई थाहा छ, हामीले रेकी गरिरहेका छौं, तर उनी आफैं नेपाल नआएपछि हामीले प्रक्रियामार्फत ल्याउन लागेका हौं,’ इन्टरपोल नेपाल शाखाका एक प्रहरी अधिकृतले भने ।

सन्दीप सिंगापुरमा रहेको सूचना प्रहरीलाई भए पनि आधिकारिक रूपमा खोजीका लागि डिफ्युजन नोटिस जारी भएको हो ।