कलेज पढ्दा कांग्रेसमा लागेका सर्वेन्द्र खनालले खोले एमालेमा लाग्नुुको रहस्य !

अमृत साइन्स कलेज पढ्दा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आवद्ध नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

आज बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गर्ने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

खनालले पाँच दलीय गठबन्धनको अ’तिसार देखेर आफूलाई राजनीतिमा सक्रिय राख्न मन लागेको बताए। ‘पाँच दलीय गठबन्धन दलको अतिसार देखेर राजनीतिमा सक्रिय राख्न मन लाग्यो,’ उनले भने, ‘यसका लागि उपयुक्त पार्टी एमाले नै लाग्यो र एमाले प्रवेश गर्न लागेको हुँ।’

मंसिर ४ को निर्वाचनमा एमालेको लहर आउने उनको दाबी छ। एमालेको लहर ल्याउन आफूले पनि भूमिका खेल्ने उनको भनाइ छ। अन्य दलमा युवा आकर्षण गर्ने कुनै कार्यक्रम नभएको उनको आ’रोप छ।

पछिल्लो समय देशैभर एमाले प्रवेशको लहर चलेको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता राम बल्लभ साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चोहर्वामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई स्वागत गरेका छन् । साहसँगै विभिन्न पार्टीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका एमालेले जनाएको छ ।

कार्याक्रममा एमाले नेताहरु प्रभु साह, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ, ज्वाला साह लगायत सहभागी छन् । यस्तै जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिकी सदस्य तथा निवर्तमान सांसद अम्रिता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई ओलीले पार्टीमा स्वागत गरेका हुन् । अग्रहरीलाई ओलीले माला अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।