प्रेम आले हस्पिटलाइज्ड

प्रतिनिधिसभा र प्रदेशसभाको चुुनाव आउन २ महिनाभन्दा पनि कम रहेका बेला पूर्व पर्यटनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आले अस्वस्थ भएका छन्। आलेलाई डे’ङ्गु र टा’इफाइड भएको बताइएको छ।

आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बि’रामी रहेको जानकारी दिए। उनका अनुसार आले नर्भिक अस्पतालमा उप’चाररत छन्।

२०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका प्रेम आले फेरि डोटीबाटै उठ्ने भएका छन् । सुदूरपश्चिम सभापति समेत रहेका कांग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएपछि आलेको बाटो सहज भएको छ ।

अघिल्लो स्थानका आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए । स्थानीय तहको मतमा कांग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए ।

यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् ।

‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने । आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् ।

क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा। लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।

गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । हाल भट्ट एमालेमा छन् ।