प्रचण्ड र बाबुरामलाई कस्ले मिलायो

काठमाडौं, ८ असोज । राजनीति सम्भावनाको खेल हो । प्रतिज्ञा र प्रतिवद्धताहरु पनि राजनीतिमा नटिक्न सक्छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कम्युनिष्ट नरहेको घोषणा गरेर माओवादी पत्यिाग गरेका थिए । उनले नयाँ शक्ति पार्टी पनि खोले पछि संघीय समाजवादी पार्टीसँग एकता गरे । त्यो एकता लामो समय टिकने । बाबुरामले नेपाल समाजवादी पार्टी गठन गरे ।

पछिल्लो समय बाबुराम समाजवादी केन्द्र गठनमा सक्रिय भए । त्यो सफल त भएन तर उनी त्यसै दिशातर्फ केन्द्रित छन् । नेसपाबाट चुनाव लड्दा धक्का खाने बुझेर उनले प्रचण्डसँग फेरि हात मिलाए । एउटै चिन्हमा चुनाव लड्ने घोषणा समेत भयो ।

वास्तवमा दशकौं साथ काम गरेर छुट्टिएका प्रचण्ड र बाबुराम कसरी मिल्न पुगे भन्ने चासो बनेको छ । उनीहरुलाई मिलाउन ठूलै शक्ति लागेको चर्चा छ । त्यसो त बाबुरामलाई औधी साथ दिनेमा प्राध्यापक एस डी मुनी हुन् । मुनी २०७४ को चुनावमा बाबुरामकै लागि दौडिएर काठमाडौं आएर प्रचण्डलाई भेटेर गएका थिए । दुवैजना छुट्टिएकोमा असन्तुष्ट थिए । उनले बाबुरामलाई प्रचण्डसँग मिलेर जान दबाब दिदै आएको बुझिएको छ । यसपटक बाबुरामले मुनीको सुझावलाई मानेनन् मात्र पहलबाट उपलब्धि पनि हासिल गरेका छन् ।

बाबुरामले परिवारभित्रैबाट तीनजनालाई सांसद बनाउने प्रयास गरिरहेको चर्चा छ । माओवादीसँग एउटै चुनाव चिन्हबाट उनी र छोरी मानुषी यमी भट्टराई चुनाव लड्ने र हिसिला यमीलाई समानुपातिकतर्फ सूचीमा राख्ने गरी बढेका छन् ।