अस्मिता जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित

काठमाडौं, असोज ८ गते । नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जानकारी दिनुभयो ।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटीमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराउनुभयो । सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाउनुभयो । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको थियो ।

एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित पाँच, अमेरिकाबाट एक तथा भारत र पाकिस्तानबाट दुई दुई गरी १० रेस्लर सहभागी थिए ।

https://www.youtube.com/watch?v=oTyG_prYNFs&feature=youtu.be