पायल्स हुदाँ के खाने ? के नखाने ? के छ निको पार्ने घरेलु उपचार ?

पायल्स सामान्यतया मलद्धारसँग सम्बन्धित रोग हो । यो गलत जीवनशैली र खानपानका कारण आजकाल धेरैलाई हुने गर्दछ । तर केहि सामान्य सुधार वा रोकथामको उपचार गरेमा यो निको पनि हुन सक्छ ।

पायल्स रोकथामको उपाय
के नखाने ?
– पायल्स भएमा चिल्लो, पिरो, तथा मसला खानु हुदैँन ।
– पायल्सको समस्या देखिन थालेको भए माछा मासु खानु हुदैन ।
– दैनिक शारीरीक व्यायाम र योग गरेमा पायल्स क्रमश: निको हुनसक्छ ।
– बासी खानेकुरा, कालो दाल, अदुवा, चना, पुरानो अचार खान छाड्नु पर्छ ।
– चिया, चुरोट तथा मदिरा पायल्सका रोगीले खानुहुदैन ।
– अमिलो, बासी खानेकुरा खानु हुदैँन ।
– पायल्सको समस्यामा चना, बैगुन, आलु पनि खानु राम्रो हुदैँन ।
– पायल्सका बिरामीले बोतलबन्द खानेकुराहरु खानु हुदैँन ।
– सकेसम्म खाली पेट बस्नु हुदैँन ।
– पायल्सको लक्षण देखिएको भए अबेरसम्म नसुत्ने बानी त्याग्नु पर्दछ ।

के खाने ?
– चोकर सहितको गहुको पिठोको रोटी खाने ।
– जौ, ब्राउन राइस खानाले पनि पायल्स निको हुन्छ ।
– नियमित प्रशस्त पानी पिउने ।
– काँचो मुला, काक्रो, गाजर, हरियो सागपात काँचै खादाँ पनि पायल्सबाट आराम मिल्छ ।

पायल्स निको पार्ने घरेलु उपचार
– पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा तीन महिनासम लगाएमा पायल्स पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि कम हुदै जान्छ ।
– अनुमानित १० लिटर पानिमा फिटकिरीको एक टुक्रा राखेर उक्त पानिमा मलद्धार चोबेर दैनिक दश मिनेट बसेमा पायल्सको पिडाबाट राहत मिल्छ ।
– नरिवलको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खादा पनि पायल्सको पिडा निको हुन्छ ।
– मुलाको बिउको धुलो तोरी तेलमा फिटेर मलद्धारमा लगाउदा पायल्सबाट राहत मिल्छ ।
– नियमित आफ्नो पिसाबले मलद्धारा धोएर केहिबेर सुकपायल्सबाट आराम मिल्छ ।