राष्ट्रपति भण्डारीको कदमले तुुहियो प्रचण्डको प्रधानमन्त्री बन्ने सपना, देशको राजनीति नयाँ बाटोमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेको एक महिनामै राजीतिले नयाँ मोड लिएको संकेत देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन फुुट्नेदेखि वर्तमान सरकार ढल्नेसम्मका चर्चा भइरहेका छन् ।

नागरिकता विधेयक जसरी पनि पास हुनैपर्छ, नभए राष्ट्रपतिले राजीनामा दिनुपर्छ भन्नेसम्मको अभिव्यक्ति दिएका उनले पहिला जस्तो खासै बोल्ड प्रतिक्रिया दिएका छैनन् । तर उनका विद्यार्थीहरु भने स’डकमा निस्केर राष्ट्रपतिलाई राजीनामा दिन आग्रह गरिरहेका छन् ।

नागरिकता विधेयक पारित भए उनले आफूलाई ठुलै फाईदा हुन्छ भन्ने ठानेका थिए । त्यसलाई मुख्य मु’द्दा बनाएर प्रचण्ड आफ्नो साख बढाउन चाहन्थे । उनले पछिल्लो समय दिएका अभिव्यक्तिहरुमा यस्तै यस्तै चाहनाहरु देख्न प्रष्टसँग सकिन्थ्यो ।

विशेषगरेर तराईका कार्यक्रमहरुमा जाँदा प्रचण्डले नागरिकता विधेयकलाई मुख्य फोकस गरेर भाषण गर्थे ।
‘बुबाआमा नागरिक भएका सन्तानले नागरिकता पाउने कुरा हुन्छ, त्यो व्यवस्था गरिन्छ मैले तपाईहरूको माध्यमबाट आमजनतालाई भनेको थिए।

आज आउँदा हिजो नै सदनबाट नागरिकता विधेयक पारित भएको छ।’ उनले केहीदिन अगाडी एक कार्यक्रममा भनेका थिए । त्यतिमात्र होइन अध्यक्ष प्रचण्डले मधेसका जनतालाई यो खबर सुनाउन पाँउदा आफुलाई गर्व महसुस भएको कुरासमेत झल्काउँथे ।

तर राष्ट्रपतिको प्रमाणीकरण नगर्ने कदमपछि प्रचण्डको उक्त साख बढाउने च्याप्टर लगभग क्लोज भएको छ । उनी खुशी छैनन् । प्रचण्डले मख्ख पारेका जनताहरु फेरी दुखि महसुस गर्न सुरु गरेका छन् ।

प्रचण्डले मधेशका लगभग ५/७ लाख भोट आफ्नो पक्षमा आउने दाबी गरेका थिए । नागरिकता वितरण गरेरे मधेशका धेरै भोटहरु तान्ने प्रचण्डको मिसन राष्ट्रपतिको कदमले सुकाइदिएको छ । चुनावपछि प्रधानमन्त्री बन्ने दा’उमा रहेका प्रचण्डलाई राष्ट्रपतिको कदमले पक्कै अ’सर पार्नेछ ।

अहिले भण्डारीविरु’द्ध सर्वोच्च अदालतमा मू’द्दा दर्ता भएको छ । प्रमाणीकरण गर्ने परमादेशसहित अधिवक्ताहरुले मु’द्दा दा’यर गरेका छन् ।