सुसाइड नोाट लेखेर छाडेर गायिका जेरुसा राई बेपत्ता

काठमाडौं ।

युट्युब च्यानलबाट चर्चामा आएकी गायिका जेरुसा राई बिहीबारबाट बेपत्ता भएकी छिन् । सुसाइड नोाट लेखेर छाडेकी राई बिहीबार बेलुका ७ बजेदेखि बेपत्ता भएकी हुन ।

उनका परिवारले खोजतलास गरिदिन जिल्ला प्रहरी परिासर ललितपुरमा निवेदन दिएका छन् । राई आमासँग सानेपामा बस्दै आएकी थिइन् । उनको ‘बारुद’ बोलको गीतलाई पछिल्लो समय युवाहरुले मन पराएका थिए ।

३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् ।

उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् ।