बाटो बिर्सेर ओरालोतिर लागेका बालेनको टेबलमा एकैदिन २२ वटा पत्र !

टुकुचामाथि कानुनसम्मत निर्माण भएका भवन र १ सय ३० वर्ष इतिहास बोकेको टुकुचा छोप्ने गुम्बज आकारको डुँड भ’त्काएको लगायतका विषयमा काठमाडौं महानगपालिकाविरु’द्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गर्नुभएको थियोे । अदालतका कर्मचारीले कामपा महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभ’त्काउन अल्पकालीन आदेश दिएको थियो ।

मेयर बालेन्द्र साहको सचिवालयमा पुगेका पत्र फरकफरक प्रकृतिका छन् । १ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीर शम्शेरले बाटोमा आवातजावत गर्न भन्दै उक्त क्षेत्रको बाटोमा बग्ने टुकुचालाई छोपेका थिए । मेयर साहले अदालतको आदेशलाई समेत ल’त्याउँदै टुकुचा खोल्ने काम जारी राख्नुभएको छ ।

कामपाको ज्यादतिविरु’द्ध जय नेपालदेखि कमलादीसम्मको स्थानीय र व्यवसायीले अदालतमा मु’द्दा दायर गरेका थिए । अधिकांशले नक्साअनुसार भवन निर्माण गरेको प्रमाणको आधारमा मु’द्दा दा’यर गरेपछि उच्च अदालतले कामपालाई तत्काल काम रोक्न पत्र पठाएको हो ।

कामपालाई कार’बाही गर्न माग गरिएको सो मु’द्दाको विषयमा असोज २६ गते छलफल हुने भएको छ । कामपाले ४ सय ४० मिटर खण्डको खोला सफा गर्ने भन्दै नक्सा भएका घरमा समेत डोजर आ’तंक फैलाएको थियो ।

महानगरका प्रवक्ता मानन्धरले घर भत्का’उने काम तत्काल रोक्ने तर टुकुचाको धार खोज्ने कामलाई निरन्तरता दिने जानकारी दिँदै भन्नुभयो–‘काम रोकेको होइन, मेसिन नभएका कारण केही दिन स्थगित भएको हो । हामीसँग १५ फिट गहिराइसम्म खन्न मिल्ने मेसिन मात्र छ । त्यहाँ ३५ मिटरसम्म खन्नु पर्ने भएकोले मेसिनको अभावमा काम रोकिएको हो ।’

पुरातात्विक महत्वको गुम्बज आकारको डुँड भत्काएको विषयमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो– ‘अब भत्काउँदैनौं । सरोकारवालाको सहयोगमा कार्यविधि बनाएर काम गर्नेछौं । हामी टुकुचा बग्ने बाटो खोल्ने कामलाई निरन्तरता दिनेछौं । अदालतले पनि सोही आदेश दिएको हो ।

अब घर भ’त्काउने विषयमा तत्काल निर्णय गर्दैनौं ।’कामपाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तिसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा जयनेपाल हल, त्यससँगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौ तले भवन गरी ७ वटा ठुला संरचना रहेका छन् ।

टुकुचालाई खुला रूपमा बग्न दिने र वरिपरि करिडोर बनाउने योजनासहित चार दिन अघिदेखि जय नेपालबाट टुकुचाको क्षेत्र खाली गर्न थालिएको हो । महानगरले पहिलो चरणमा करिब ७ अर्ब रुपियाँ खर्चेर टुकुचा खोला खाली गर्ने तयारी गरेको थियो ।

पछिल्लो समयमा मेयर बालेन्द्रको आतंकका कारण समस्या बढेको स्थानीयको आ’रोप छ । अधिकांशले धोबीखोला, विष्णुमति, रुद्रमतीलगायत काठमाडौं भएर बग्ने नदीको विषयमा चासो नदेखाएर केवल ढल मात्र बग्ने टुकुचामा हात हालेपछि मेयर बालेन्द्रको विरो’ध शुरू भएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।