‘ओली अझै युवा जस्तै लाग्छ, बाहिर अरुले जे भने पनि सबैभन्दा धेरै राष्ट्रभाव उहाँ मै छ’- रेखा थापा

रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन्। नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरिन्।

‘वाहवाही’ कमाइरहेकै अवस्थामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले एउटा मञ्चमै नचाएकी थिइन्, ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा।

त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रलाई पनि तताएको थियो। तर, कुनै बेला माओवादीमा रहेकी रेखा अहिले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा छिन्।

उनी राप्रपाको महाधिवेशनबाटै केन्द्रीय सदस्य चुनिएकी हुन्। थापा नेपाली रजतपटमा अहिले पनि उतिकै चर्चित नायिकाको रुपमा परिचित छिन्। रेखा अहिले राप्रपाको संगठन सुधार र राप्रपाको राजनीतिक, वैचारिक ‘लाइन’मा समाहित भइरहेकी छिन्। यो समाचार इप्रेस मिडियाद्वारा तयार गरिएको हो ।

एक टेलिभिजन अन्तर्वार्तामा थापाले केपी ओली जस्ताे नेता नेपालमा अरू नभएको बताएकी छिन्। समकालीन नेताहरूमा मलाई ओली मनपर्दछ। उहाँ युवा जस्तै लाग्छ थापाले भनिन् “बाहिर अरुले जे भने पनि सबैभन्दा धेरै राष्ट्रभाव उहाँ मै छ।” हेर्नुहोस भिडियो-