दुबईमा भेटिए सन्दीप लामिछाने !

नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने दुुबइमा भेटिएका छन् । नाबालिग ब’लात्का रको आ’रोप लागेका लामिछानेलाई प्रहरीले प’क्राउ गरेको स्रातको दाबी छ । यसबारे प्रहरीले औपचारिक रूपमा लामिछाने प’क्राउ परेको पुष्टि गरेको छैन् ।

लामिछानेलाई नेपाल ल्याउने तयारी सुरु भएको स्रोतले जनाएको छ । प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) को सहयोगमा लामिछानेलाई प्रहरीले निय’न्त्रणमा लिएको बताइएको छ ।

ब’लात्का रको आ’रोप लागेसँगै लामिछाने सम्पर्कवि’हीन भएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेवि’रुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जा’हेरी परेको थियो ।

आ’रोप लागेसंगै सीपीएल खेलबाट बाहिरिएका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नि’र्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर, नेपाल फर्किएका थिएनन् ।

यो पनिः इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जित

पाकिस्तानले टि२० आई खेलमा इंग्ल्यान्डमाथि विश्व कीर्तिमानी जित हात पारेको छ । नेशनल स्टेडियम कराँचीमा भएको दोस्रो टि२० आई खेलमा पाकिस्तानले १० विकेटले हराउदैं नयाँ कीर्तिमान बनाएको हो ।

कीर्तिमान बनाउने क्रममा कप्तान बाबर आजमको शतक र मोहम्मद रिजवानको सानदार ब्याटिङ गरे । यि दुबैजनाले अविजित साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् ।

पाकिस्तानबाट टि २० आईमा सर्वाधिक ठूलो साझेदारी हो । यो टि २० आई क्रिकेट इतिहासमा कुनै पनि विकेट नगुमाई पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो ।

यसअघि १० विकेटको रुपमा सर्वाधिक ठूलो लक्ष्य न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रन पूरा गरेको थियो । इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा विना विकेटको क्षतीमा पूरा गर्यो ।

जसमा आजमले १ सय १० र रिजवान ८८ रनमा नटआउट रहे । त्यसअघि पहिला ब्याटिङ इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

उसका मोईन अलीले सर्वाधिक ५५ रन जोडे । पाकिस्तानका शाहनवाज दाहनीले २ र हरिस रौफले २ विकेट लिए । यो जितसँगै ७ टि २० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।

याे पनि ः
काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट ‘वर्ल्डवाइड’ प्रदर्शनमा आएको छ । हिन्दी, उर्दू भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारत, पाकिस्तान लगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो ।

हिन्दी डबको ‘प्रेमगीत ३’ नेपालमा भने घटस्थापनाबाट मात्र प्रदर्शनमा आउनेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेस नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो ।

‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइट बनाएको छ ।

यसको प्रभाव सिनेमाको बक्सअफिसमा पर्ने निश्चित छ । आक्रामक अग्रीम टिकट बुकिङले पनि सिनेमाले कमाइमा रेकर्ड बनाउने संकेत गरिसकेको वितरक गोविन्द शाही बताउँछन् । सिनेमाको पहिलो दिनको कमाइ साढे २ करोड माथि हुने अनुमान उनको छ ।

सिनेमाले शुक्रवार र शनिबार ठूलो कमाइ गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको सिनेमाले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ । आइतबारबाट भने सिनेमालाई दर्शकको वर्ड अफ माउथले लामो रेशको घोडा बनाउनुपर्नेछ । विश्वभरका १२ सय बढी पर्दामा रिलिज भएको सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउने विश्वास निर्माता तथा निर्देशक सन्तोष सेनलाई छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।

‘प्रेमगीत ३’बाट मनिष र क्रिस्टिनाले अभिनेता तथा अभिनेत्रीको रुपमा डेब्यु गर्दैछन् । सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन् ।