आफ्नै निवासमा झुण्डिएको अवस्थामा शव फेला पर्यो बुटवलका कलाकार राजु महोत्राको

बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।