देशका नेता प्रचण्ड मेरो मन पर्ने नेता हुन्ः राजेश पायल

चर्चित गायक राजेशपायल राईले आफूलाई अहिलेका नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको उल्लेख गरेका छन् । गत (शनिबार) प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् । उनले भने,‘जनतापनि अहिले विवेकशील भैसक्नुभएको छ । नयाँ विकल्प खोज्लान् ।’

पत्रकार धमलाले कुराकानीको क्रममा ‘तपाईँको नजरमा मनपर्ने नेता को त ? शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड ? यी तीन जनामध्ये को हो ?’ भनेर सोधेको प्रश्नमा उनले भने–‘प्रचण्डजी मलाई मनपर्छ ।

द्धन्द्धकाल भयो होला, मानिस मरे होलान्, आन्दोलन र क्रान्तिमा सहादत हुन्छ, तर कहीँ न कहीँ बोल्ने अधिकार त हामीलाई उहाँहरुले दिनुभयो नि त, नत्र भने त निकै डराईन्थ्यो ।

प्रचण्डजकी कै कारण आज जातभात निकै हटेको छ । उहाँको विचारलाई र उहाँले गरेको संघर्षलाई कम आँक्न मिल्दैन् ।’

याे पनि ः
एमाले प्रवेशपछि सर्वेन्द्र खनालले भने- कमरेड ओलीजत्तिको अर्को राजनेता कतै भेटिन

पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि खनालले अध्यक्ष ओलीको गुनगान गाउदै भने, ‘प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता कतै भेटिन ।’ आफूले करिब ७ जना प्रधानमन्त्री फेरेको बताउँदै भने, ‘किशुनजीदेखि मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’

उनले ओलीले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर एमाले प्रवेश गरेको बताए । खनालले भने, ‘अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ ।’