विद्यादेवी भण्डारी एमालेको मात्र राष्ट्रपति भएजस्तो लाग्योः रामनारायण बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानमाथि पटकपटक बलात्कार गर्न उद्यत रहेको आरोप लगाएका छन् ।

“राष्ट्रपतिले संविधान मिच्नुभयो, बेइमानी गर्नुभयो, नेपाली नागरिकमाथि अपराध गर्नुभयो । नेपालीले जनताले लामो बलिदानीपछि प्राप्त गरेको संविधानमाथि पटकपटक बलात्कार गर्न खोज्नुभयो । धिक्कार छ राष्ट्रपतिलाई । एमाले डिफ्याक्टो प्रेसिडेन्ट विद्यादेवी भण्डारी भएजस्तो लाग्यो । गणतन्त्रको नारामा घिसारिएर तानिएर सामेल केपीओली र ओलीका गुटले मात्र संविधान मिचिएको छैन भन्न सक्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बिडारीले भने ।

नागरिकता विधेयक राष्ट्रघाती नभएको उनको जिकिर छ । बिडारीले थपे, “म टुँडिखेलमा उभिएर भन्न सक्छु- म पनि राष्ट्रवादी हुँ । नागरिकता विधेयक राष्ट्रघाती छैन । विद्यादेवी भण्डारी मनपरेको पार्टी र नेताले ल्याए राष्ट्रवादी, मन नपरेको पार्टी र नेताले ल्याए राष्ट्रघाती कसरी हुन्छ ? अहिले जे कुरा प्रचार गरिएको छ, त्यो विधेयकमा छैन । हुँदै नभएको, गर्दै नगरेको कुरा प्रचार गरिएको छ । २०४७, २०६३ को संविधानमा जे व्यवस्था थियो, त्यही छ । २०७५ मा ओलीले ल्याएको विधेयक अनि २०७८ मा ल्याएको अध्यादेश र अहिलेको विधेयकमा के फरक छ ? झुटा र बेइमान कुरा किन गरेको ? आमा नेपाली, बाबु पनि नेपाली अनि तिनका छोराछोरी नेपाली हुन्छ कि हुँदैन ?”

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गर्नुपर्ने पनि उनले औंल्याए । बिडारीले भने, “राष्ट्रपतिले मनपरेको मान्छे आए नियुक्ति गर्दिनुहुन्छ, मन नपरे गरिदिनुहुन्न । पहिले यही नागरिकता अध्यादेश जारी गरेको होइन ? अब सर्वोच्च अदालतले राष्ट्रपतिका नाममा नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश जारी गर्नुपर्छ ।”

जनताको खुन पसिनामा बस्ने राष्ट्रपतिले कू गर्न खोजेको आरोप पनि बिडारीले लगाए । उनले थपे, “संसद् भएको भए यस्ता हठी राष्ट्रपतिलाई घोक्राएर, गलहत्याएर निकाल्थ्यो । जनताको खुन पसिना खानेलाई ३५ वर्षको युवकको आँसुको श्राप लाग्दैन ? उनले राष्ट्रपतिबाट राजीनामाको आशै नगरेको पनि बताए । उनले भने, ओलीलाई हटाउन कति गाह्रो भयो ? पाएदेखि आजीवन खान्छु भनेर बसेका थिए । राष्ट्रपति पनि कू गर्छु भनेर बसेकी छन् । तिनले राजीनामा दिने आशै छैन ।”

अर्को प्रसंगमा उनले गठबन्धनका कारण टिकटमा आफूलाई समस्या परेको पनि बताए ।

बिडारीले भने, “मकवानपुरमा गठबन्धनको बारेमा मेरो डिस्एग्री छ । म त्यही ठाउँको मानिस हुँ । कोही पाँचपाँच पटक लड्ने, म एकपटक पनि लड्न नपाउने ?”