आयो नेपाल टेलिकमको गज्जबको अफर, यसरी आफ्नो मोबाइलमा सजिलै सुचारु गर्नुहोस

काठमाडौं— नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर अन्तर्गत सस्तो मूल्यमा नै डेटा, भ्वाइसकल तथा मेसेज उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँबाट सुरु भएर ६९९ रुपैयाँसम्मका भ्वाइस, डेटा र मेसेज पठाउन सकिने प्याकहरू ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ रुपैयाँमा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ । त्यस्तै ३४९ रुपैयाँमा १४,००० एमबी (दैनिक ५०० एमबी) डेटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी ४९९ रुपैयाँमा १९,६०० एमबी (दैनिक ७०० एमबी) डेटा, १९६० मिनेट (दैनिक ७० मिनेट
) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा मेसेज पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जीबी (दैनिक १ जीबी) डेटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको लागि भने कम्पनीले ९८ रुपैयाँमा नै २८ दिन भित्रमा ६०० वटा र ६० रुपैयाँमा ३०० वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।

आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू खरिद गर्न सकिन्छ ।