भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैनः नापी विभाग

काठमाडौं, असोज ६ । नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो।

२०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ विभागले महानगरपालिकालाई दिएको हो।

‘महानगरपालिकाले जय नेपाल हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचाको रेखांकन गर्न हामीलाइ चिठी लेखेर आग्रह गरेको थियो’, विभागका सूचना अधिकारी दामोदर ढकालले भने, ‘नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न कानुनी रूपमा मिल्दैन भनेर हामीले महानगरपालिकालाई प्रस्टसँग भनेका छौं।’