अशिम कुमार कटुवालको दशैं गीत “परदेश्मा फस्या छु” (भिडियो सहित)

नेपाली गित संगीतमा दैनिक फरक-फरक किसीमका गीतहरु बजारमा आएको तपाई हामी सबैले देख्न अनि बुझ्न सक्छौं । त्यस्ता धेरै फरक किसीमका गीतहरुले भाब फरक फरक बोकेर ल्याए पनि कुनै मिलन अथवा बिछोडलाई नै समेटेर आएका हुन्छन्  । चाहे प्रदेशी भएर परीवार संगको बिछोड होस् अथवा माया प्रेममा धोखा-खाएर बिछोडिएको या मिलन समेत त्यस्तै किसीमले जोडिएको हुन्छ ।

हजारौं त्यस्ता गितहरु फरक तरिकाले तयार पार्दै ल्याउने कलाकारको साच्चै कला हुन्छ र त कलाकार भनेर चिनिएको हो कि ? यसै बिचमा विभिन्न चार्ड पर्वहरु नजिक आए संगै समय अनि दर्शकले चाहे अनुसार चार्ड पर्व बिशेष गीतहरु समेत बजारमा आउने गर्दछन् । हिन्दु नेपाली हरुको महान चार्ड बिजया दसमी समेत नजिक आउदै गर्दा हिजो आज बजारमा धेरै दशैँ बिसेष गीतहरु समेत आउने गरेका छन् ।

चार्ड पर्व नजिक आएसंगे कलाकार चार्ड पर्व बिशेष गित रेकर्ड गर्न, सुटिङ्ग संगै विभिन्न सास्कृतिक कार्यक्रममा समेत ब्यस्त हुने गरेका हुन्छन । त्यस्तै गरेर करिब १ दसक देखी नेपाली गीत संगीतमा पाइलाहरु अगाडि बढाउदै गर्दाका बेला बखत विभिन्न गीतहरु ल्याउने दोलखाका गायक तथा सर्जक असिम कुमार कटवाल पनि एक हुन् ।

जसले नेपाली गित संगीत अन्तर्गत हुने विभिन्न सास्कृतिक कार्यक्रम संगै आफ्नो गायन यात्रालाई लामो समय देखी निरन्तरता दिदै आएका छन् । दर्जनौं गीतहरुमा स्वर दिएर केहि गीतहरुबाट सफलता समेत हात पारेका असिमले प्राय लोक दोहोरी विधाका गीतहरु गाउने गरेका हुन्छन । यसै बिचमा भर्खर मात्र असिम कुमार कटवालले आफ्नै युट्युब बाट नया दसैं गित सार्बजनिक गरेका छन् ।

गायिका गीता देबि र असिम कुमार कटवालको स्वर रहेको गीत “परदेश्मा फस्या छु” बोलको रहेको छ । यस गीतमा शब्द तथा लय  बिशाल थापा मगरको रहेको छ । प्रस्तुत गीतको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने  छायांकन मरभुमी नारायण र सम्पादन कल्पेश बिश्वकर्माको रहेको छ ।

“परदेश्मा फस्या छु” गीतको भिडियोमा अभिनय उत्तम केसी, सबिन गौतम, ज्ञान बहादुर सतशंकर, सोभा भट्टराई र बिस्व थापा मगरले गरेका छन् । जन्म भूमीमा दसैं आउदै गर्दा लाखौ नेपालीहरुलाई प्रदेशी भुमीमा हुने गाउँघरको याद अनि सम्झनालाई चित्रण गर्दै उक्त गीतको भिडियो तयार पारीएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

यो पनिः