रवि लामिछाने स्वतन्त्र होइनन्, पार्टीको नाममा राखिएको ‘स्वतन्त्र’ शब्दप्रति आपत्ति छ: जनक खड्का

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदातालाई सचेत बनाउन सशक्त राष्ट्र निर्माणका लागि युवा सहभागिता अभियान घोषणा गरिएको छ । आइतबार रिपोर्टस क्लबमा एक कार्यक्रम आयोजनाका स्वतन्त्र अभियान घोषणा गरिएको हो ।

उचित उम्मेदवार छनोट गर्न भूमिका खेल्ने लक्ष्यसहित अभियानको घोषण गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा बोल्दै संयोजक श्याम बस्नेतले संसदमा ७० प्रतिशत ६० वर्ष मुनिका युवा विजयी भएर पुग्नु पर्छ र देशको नीति निर्माणमा लाग्नु पर्छ भन्दै बुढा नेतासंग भ्रष्टाचार गर्ने मात्र अनुभव भएको र अब युवाले जित्नुपर्नेमा जोड दिए ।

संसदमा ६० जना स्वतन्त्र युवाले जिते मात्र देश परिवर्तन हुनसक्छ उद्देश्य रहेको यस कार्यक्रममा आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा युवा मतदाताहरूले आफ्ना अभिभावकहरूलाई समेत सचेत गराउनुपर्ने बताए ।

यस्तै, अभियान घोषणा कार्यक्रममा बोल्दै चलचित्र निर्देशक एवं सामाजिक अभियन्ता जनक खड्काले पार्टी होस् वा स्वतन्त्र उम्मेदवार जो भए पनि संसदमा सही व्यक्ति आउन जरुरी रहेको बताए । यसका लागि स्वतन्त्र अभियानले आम मतदातालाई सचेत गराउने काम गर्दछ ।

रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र यस अभियानमा के फरक छ ? भन्ने उठेको प्रश्नको जवाफ दिँदै खड्काले भने, ‘बालेन्द्र साह (बालेन) स्वतन्त्र हुन् तर रबि लामिछाने नामका लागि मात्र स्वतन्त्र हुन् । लामिछानेले स्वतन्त्रको क्रेज देखेर पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र राखेका हुन् । यसबाट प्रस्ट छ उनले स्वतन्त्र शब्दमा नागरिकमाथि भ्रम छर्दै आफ्नो स्वार्थ पुरा गर्न चाहिरहेका छन् । हाम्रो अभियान विशुद्ध स्वतन्त्ररहि नागरिकको हक, हितमा केन्द्रित छ ।’

नेपालमा पछिल्लो समयको राजनैतिक घटनाक्रम हेर्दा स्वतन्त्र उम्मेदवार बन्दा विजयी हुने लालसमा स्वार्थ बोकेका स्वतन्त्र भित्रिएका र झुटा सपना देखाएर चुनाव जित्ने राजनीतिक दलका उम्मेदवारलाई खबरदारी गर्न यस अभियानको आवश्यकता रहेको खड्काले बताए ।
युवाले राजनीतिमा वास्ता नगर्दा देश पछाडि धकेलिएकोले युवाले सके नेतृत्व गर्न हिम्मत गरौँ नसके सही उम्मेदवार छनौट गरौँ भन्ने यस अभियानको मुख्य उद्देश्य रहेको संयोजक बस्नेतले बताए ।