आकाश श्रेष्ठ र गिता ढुंगानाको रोमान्समा ‘साईलो दाई’

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच अमृता नेपालीको नयाँ दोहोरी गित ‘कता हिडेको साईलो दाई’ डिजिटल बजारमा सार्वजनिक भएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै निकै लोकप्रिय वनिसकेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । 

सुप्रसिद्ध दोहोरी गायक बसन्त थापा र चर्चित गाायिका अमृता नेपालीले गाएको गितमा गितकार एवम् सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा कृष्ण केसीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमकै विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । यस अघि पनि बसन्त थापा, अमृता नेपाली र रमेश परियारको सहकार्यमा रहेको ‘सालको पात उडायो बतासैले’ बोलको गित पनि सर्वाधिक रुचाईएको थियो ।

काजीश श्रेष्ठ उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र गिता ढुंगानाको अभिनय संगै फिचरिङ्ग रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीले छांयाकन एवम् मिलन विकले सम्पादन गरेका छन् । छोटो समयमा नै लोकप्रिय वनेको गित यतिवेला टिकटकमा भाईरल भएको छ ।

गित Amrita Nepali अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

यो पनिः