गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु !

भारतको हरियाणामा गणेश मूर्ति विसर्जन समारोहमा डुबेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोनीपतमा तीन जनाको मृत्यु भएको छ भने महेन्द्रगढमा चार जनाको डुबेर मृत्यु भएको छ ।

भदौ ३१ गतेदेखि शुरु भएको १० दिन लामो गणेश चतुर्थी पर्व शुक्रबार विसर्जन समारोहका साथ समापन भएको छ । गणेशका मूर्तिहरूलाई नजिकैको जलस्रोतमा लगेर विसर्जन गरिन्छ । भक्तजनहरूले मूर्तिहरू विसर्जनका लागि ठूलो लस्कर निकाल्छन् ।

महेन्द्रगढमा कनिना–रेवारी सडकखण्डस्थित झगडोली गाउँ नजिकैको नहरमा गणेशमूर्ति विसर्जन गर्न गएका करिब ९ जना पानीको तीव्र बहावमा बगेका छन् । राति अबेरसम्म नहरबाट आठ जनालाई निकालिएको थियो । जसमध्ये चार जनाको मृत्यु भएको छ ।

यो पनि :

इतिहासको द्वन्द्वात्मक भौतिकवादी ब्याख्या नै मार्क्सवादको चुरोकुरो र प्रस्थान बिन्दु हो। मानव समाज विकासक्रमको द्वन्द्वात्मक भौतिकवादी ब्याख्या गर्न सक्षम हुनका लागि हेगेल र फायरबाखका अनुसन्धानहरुले मार्क्स र एंगेल्सलाई अमूल्य योगदान गरे। हेगेल द्वन्द्ववाद विचारमा मात्रै देख्दथे। चिन्तन र इतिहासमा मात्र द्वन्द्ववादको प्रयोग गर्दथे। प्रकृति मानव समाजको वर्तमान र भविष्यको अध्ययनमा द्वन्द्ववादको प्रयोग गर्न सकेनन्।

अनि फायरबाख प्रकृतिमा मात्रै भौतिकवादको प्रयोग गर्दथे। मानवसमाज र चिन्तनलाई छुट्याउँथे। मार्क्स र एंगेल्स खासगरी मार्क्सले दुबैलाई जोडेर द्वन्द्वात्मक भौतिकवादको आविष्कार गरे।
एंगेल्स भन्दछन्ः १८ औँ शताब्दीको भौतिकवाद यान्त्रिक हुनुको कारण र त्यसबाट फायरबाख पनि प्रभावित भएका थिए।

१. त्यतिबेला सबै प्रकृति विज्ञानमा एउटा यान्त्रिकी मात्र थियो। त्यो पनि केवल खगोलीय र पार्थीव पिण्डहरुको यान्त्रिकी संक्षेपमा गुरुत्वाकर्षणको शक्तिको यान्त्रिकी सम्ममात्र निश्चित थियो।

२.त्यो विश्वलाई एक प्रक्रियाको रुपमा, यस्तो गतिमान वस्तुको रुपमा जुन ऐतिहासिक विकासको क्रम र प्रक्रियाबाट गुज्रिराखेको छ भन्ने कुरा बुझ्न सक्दैनथियो।

तर फायरबाखको जीवनकालमा कोशिका, उर्जा रुपान्तरण र क्रम विकासको सिद्धान्त जस्ता यी तीन निणार्यक आविष्कार भईसकेका भएपनि त्यसको उनले प्रयोग नसक्नुको कारण एंगेल्स बताउँछन्- फायरबाख तत्कालीन जर्मनीको उथलपुथल र दुरावस्थाले गर्दा एउटा दुर्गम गाँउमा बस्नु पर्‍यो । जसले गर्दा आवश्यक सूचनाबाट उनी सम्पर्कमा रहन पाएनन्। यदि पाएको भएपनि त्यतिखेर प्रकृति विज्ञानमा भएको नवीन आविष्कारको बारेमा प्रकृति वैज्ञानिकहरुका बीचमा नै ठूलो विवाद भईराखेको थियो। त्यसैले त्यसलाई विश्वासनीय ढङ्गबाट प्रयोग गर्न कठिन लाग्नु स्वभाविक हो।