आठौ मिटिङमा बालेन शाहले गरेका महत्वपूर्ण निर्णयहरु, हेर्नुस फ़ुटपात देखि डोजर काण्डसम्म यस्तो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ जना इञ्जिनियर, ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्सको अस्थायी दरबन्दी स्वीकृत गरेर चालु आर्थिक बर्षका लागि करारमा लिने निर्णय गरेको छ । भदौ १२ गते महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको आठौँ कार्यपालिका बैठकले यससँगै विभिन्न निर्णय गरेको छ । बैठकमा २७ वटा प्रस्ताव थिए ।

बैठकले दिना श्रेष्ठ, शंकरप्रसाद पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकार नियुक्त गरेको छ । यस्तै यस्तै होटल, रेष्टुरेन्ट तथा बजारमा विक्री हुने खाद्य बस्तुको गुणस्तर परीक्षण गर्न खाद्य प्रविधि अध्ययन गरेका खाद्य निरीक्षक लिने, करारमा भएका कर्मचारीहरुको पुस मसान्तसम्म म्याद थप्ने, अस्थायी करारका कर्मचारीह्रुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लगायत निर्णय भएका छन् । हेर्नुस –