काठमाडौंमा अमूल्य बिर्य दान गरेर निःसन्तानलाई सन्तान उपहार दिने युवाको कति हुन्छ आम्दानी ?

काठमाडौं । नेपालमापनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ । महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ।

यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। यो विधिबाट पनि बच्चा नभएकालाई आईभीएफ विधिमा लगिने गरिन्छ । आईयूआई भनेको चै योग्य पुरुषबाट कुनै उपयुक्त भाँडोमा शुक्रकीट जम्मा गरिन्छ । उक्त शुक्रकीटलाई नलीको माध्यमबाट महिलाको पाठेघरको भित्तामा पुर्याएर छोडिन्छ ।

तर महिलाको पाठेघरको ट्युबमा समस्या छ, गर्भ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन सक्ने अवस्था छैन र पुरुषकोपनि बिर्य कमजोर छ भने आईभीएफ विधि प्रयोग गरिन्छ । आईयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइँदैन।

कतिपय जोडीले आईयूआई र आईभीएफ विधिबाट सन्तान पाएका धेरै उदाहरण छन् । उनीहरुका लागि बिर्य दाता चाहिन्छ । उक्त बिर्यको चाँजोपाँजो आईयूआई र आईभीएफ विधिको सेवा दिइरहेका निकायले नै मिलाउँछन् । उनीहरुले बिर्य दातालाई खोजेर बिर्य संकलन गरेर उपयुक्त वातावरणमा सञ्चय गरेर राखेका हुन्छन् ।

नेपालमा धेरै आईयूआई र आईभीएफ विधिको सेवा दिने स्वास्थ्य संस्था छन् । सातदोबाट स्थित क्रियटर्स नेपाल नामक आईभीएफ केन्द्रले योग्य युवकको बिर्य दान लिने गरेको छ । यसरी बिर्य दान लिँदा क्रियटर्स नेपाल आईभीएफ केन्द्रले एक पटकको एक हजार रुपैयाँ रकम दिने गर्दछ । हरेक तीन दिनमा एक पटक सोही व्यक्तिको बिर्य संकलन गर्ने गरेको त्यहाँ ल्यावमा कार्यरत एक अधिकारीले बताए ।

यसरी एकछिन आएर एउटा युवकले एक महिनामा नै १० देखि १२ हजार सम्म लग्ने गरेको उनले बताए । काठमाडौंको नारायणचौरस्थित फर्टिलिटी सेन्टरलेपनि यसरी नै बिर्य संकलन गर्ने गरेको छ । यहाँबाट योग्य युवकले आर्थिक लाभ लिएको र सन्तानको अभावमा जीवन नै अध्यारो भएको जोडीले सन्तान पाएको एक अधिकारीले बताए ।

यहाँको दरपनि एक पटकको एक हजार नै छ । तर बिर्य दानका लागि दाताको निश्चित उमेर समूह र कुनैपनि रोग नभएको हुनुपर्छ । बिर्य दान लिनुभन्दा पहिले सबै स्वास्थ्य परीक्षण गरिन्छ ।

स्वास्थ्य परीक्षणमा कुनै समस्या नभएमा उक्त युवालाई बिर्य दानका लागि योग्य ठहराईन्छ । उमेर समूहपनि निश्चित मात्र हुन्छ । कानून अनुसार वैवाहिक उमेर पुगेको (अहिले २० बर्ष) र ३० बर्ष ननाघेकोलाई मात्र बिर्य दाताको रुपमा स्वीकार गरिन्छ । ३० बर्ष नाघेपछि पुरुषकोपनि बिर्यको शक्ति कम हुने भएकाले यस्तो उमेर चयन गरिएको स्वास्थ्यकर्मीले बताए ।

यसरी बिर्य लिएपछि सन्तान हुन नसकेकी महिलाको महिनावारी भएको दुई दिनमा र छसात दिनमा जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ। अण्डा बनेमा एचसीजी भन्ने इन्जेक्सन दिइन्छ। त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ ।

यसरी निकालिएको महिलाको डिम्ब र दान लिइएको पुरुषको शुक्रकीटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युबेटरमा राखिन्छ, जहाँ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ । यसरी बनेको भ्रूणलाई करिब ३६ देखी ४८ घण्टाका बीचमा महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ। र बच्चा जन्माइन्छ ।

यो पनि :-

एजेन्सी । मिठो खानेकुराको प्रसंग आउनसाथ हामी मासु सम्झन्छौ । मासुको परिकार हामीलाई स्वादिलो लाग्छ । तर, स्वस्थ्यकर नि ? मासु स्वस्थ्यकर भने मानिदैन । मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ । केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ ।

यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने १० असरको विषयमा चर्चा गर्दैर्छौं ।

१. तौल नियन्त्रण हुन्छ – मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

२. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ – एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो ।

३. छाला स्वस्थ र सफा हुन्छ – शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।

४. शरीरमा फुर्ति बढ्छ – मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।

५. मुटु रोगको खतरा कम हुन्छ – रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।

६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ – यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।

७. जीनले राम्ररी काम गर्छ – मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ ।

८. पोषणको कमी हुन सक्छ – मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।

९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ – जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।

१०. मसल्स बन्न समय लाग्छ – मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।