मेयर बालेनलाई बाबुराम भट्टराईले दिए दरिलो साथ, तान्यो सबैको ध्यान !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्।

त्यसो त आफू प्रधानमन्त्री भएकाले डा. भट्टराईले पनि कुनै बेला काठमाडौंका सडक चौडा पार्ने अभियान सञ्चालन गरेका थिए।

अहिले मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान सञ्चालन गरिरहेका छन्। यसका लागि उनलाई स्याबासी दिँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।

डा. भट्टराईले अल्फाबिटा कम्प्लेक्सका सञ्चालकलाई नक्सा देखाउँदै गरेको तस्बिरसहित ट्विटरमा https://twitter.com/brb1954/status/1562783971532218372/photo/1?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1562783971532218372%7Ctwgr%5Eb4df4e99b47ce28a90444afaaa4db1da6a555a65%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fktmkhabar.com%2F2022%2F08%2F26%2F48015%2F

यस्तै, काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएको छ।बिहीबार दिउँसो डोजरले अवैध संरचना भत्काउनुअघि मेयर बालेन शाह अल्फाबिट कम्प्लेक्समा पुगेका थिए।

अल्फाबिटाका द्विराज शर्मासँग मेयर शाहको भनाभन परेको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु पर्ने बताएका थिए।

मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए। शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए। कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी दिउँसो फेरि अल्फाबिटामा पुगे।

अल्फाबिटामा उनले उपस्थित पत्रकारहरूलाई नक्सा देखाए। त्यसपछि डोजरले अवैध संरचना भत्कायो। अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका छन्।

उनले लेखेका छन्- उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।