कुकुरको आसनवाला डान्स गर्ने एलिजा, गाली खाने र ट्रोल हुने धमला !

काठमाडौंः नेपालमा प्रँय ट्रोल हुने पात्रमध्येका एक हुन् पत्रकार ऋषि धमला। अन्तरवार्तामा उनको अस्वभाविक प्रस्तुति र हाउभाउका कारण उनी सँधै ट्रोल बन्छन्। धमला यो पटक पनि ट्रोल बनिरहेका छन्। तर। कारण भने श्रीमती एलिजा गौतम हुन्।

एलिजाले एक पार्टीमा गरेको उ’त्तेजक डान्स अहिले टिकटकमा भाइरल छ। एलिजाको उक्त डान्सको क्लीप सेयर गर्दा सबैले निशाना चाहिँ ऋषि धमलालाई बनाएका छन्।

भिडियामा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन् कुकुरको आसनमा चारहातखुट्टा टेकेर उ’त्तेजक भंगीमा देखाउँछिन्। ब्याकग्राउन्डमा कुनै हिन्दी गीतको म्युजिक बजिरहेको सुनिन्छ।

छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन। एलिजा अहिले क्यानाडामा छिन्। सम्भवत क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ।

उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो। एलिजाले गर्न खोजेको यो डान्स स्टेपलाई ‘ट्वोर्क’ भनिन्छ। यो भनेको पुठ्ठा मात्रै हल्लाएर सेक्सी तरिकाले गरिने डान्स हो। तर, एलिजाले खासै पारा ल्याएकी छैनन्।

पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ। अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन्।

एलिजाले गरेपछि त टिकटकमा भाइरल नै भएको छ। एलिजालाई ग्ल्यामर फिल्डमा निकै रुची छ। उनलाई नायिका बनाउनका लागि श्रीमान ऋषिले ‘अनुराग’ चलचित्र निर्माण गरिदिएका थिए।

धमलालाई हर्क साम्पाङले एक घण्टा ढुंगा बोक्न बोलाएपछि…

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला काठमाडौंमा छन्। धराने जनतालाई पानी खुवाउन उनले धरानका धेरै क्षेत्रबाट पानी ल्याउने प्रयत्न गरिरहेका छन्। उनी आफैं श्रमका लागि खोला र जंगलमा खटिरहेका छन्।

यसबीचमा उनी पानीकै समस्याको विषयमा सरकारसँग माग राख्न केन्द्रीय राजधानी काठमाडौं आएका हुन्। यतिबेला राजधानीका संचारमाध्यममा अन्तवार्ता दिन उनलाई भ्याई–नभाई छ। हर्कले हालै प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग पनि अन्तर्वार्ता दिएका छन्।

सो अन्तर्वार्तामा धमलाले हर्कलाई धरानमा पर्यटकहरु धेरै मात्रामा किन नगएको भनेर प्रश्न गरेका थिए। भेडेटार गएपनि धरानमा पर्यटक नटिक्ने धमलाको भनाइ थियो।

सो क्रममा हर्कले आफ्नो नेतृत्वमा धरान पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने र यतिबेला धरानमा श्रम पर्यटन भने देख्न सकिने बताएका थिए।

त्यसपछि उनले धमलालाई धरानमा एक घण्टा ढुंगा बोकेर श्रमदान गर्न पनि आह्वान गरेका थिए। धमलाले पनि उत्तरमा आफू विकास प्रेमी भएकाले धरानमा एक दिन एक घण्टा ढुंगा बोक्न तयार भएको प्रतिक्रिया जनाएका थिए।

काठमाडौँ – नेपाली चलचित्र क्षेममा राजेश हमालले लामो समय राज गरे। पर्दामा सधैं नायक बनेका हमाल फिल्ममा नदेखिएको ५ वर्षभन्दा धेरै भइसक्यो।

ठूलो हल्लासहित ‘सत्यम’ मा साइन गरेका हमालको उक्त फिल्म छायांकनका जान सकेको छैन। पछिल्लो समय केही म्युजिक भिडिओमा देखिएका हमालले अन्य फिल्ममा काम गर्ने चर्चा पनि छैन।

दिनहुँजसो निर्माण घोषणा हुने फिल्ममा चलचित्र उद्योगले नै महानायक मानेका अभिनेताको उपस्थिति देखिँदैन। हमालले सुहाउँदो भूमिका पाउँदा अस्वीकार गरेपछि उनी खाली बस्नुपरेको हो।

६ दशक उमेर पार गरेका हमाल अहिले पनि पर्दामा हिरोको भूमिका खोज्छन्। तर निर्माता/निर्देशक उनलाई बाबुको भूमिका प्रस्ताव गर्छन्। हमाल त्यो मान्न तयार छैनन्।

फिल्म ‘प्रेमगीत ३’ का लागि सन्तोष सेनले हमाललाई प्रदीपको बाबुको भूमिका निर्वाह गर्न अफर गरेका थिए। हमालले मानेनन्। हमालको यो क्रम रोकिएको छैन।

हमाललाई फिल्म ‘छड्के २’ टिमले पनि अनमोल केसीको बाबुको भूमिका निर्वाहका लागि भनेको थियो। हमालले यो अफर पनि अस्वीकार गरिदिए।

‘छड्के २’ टिम हमाललाई महँगो पारिश्रमिक तिरेर फिल्ममा लिन चाहन्थ्यो। निर्देशक रामबाबु गुरुङले पनि आफ्नो नयाँ प्रोजेक्टमा लिने इच्छा राखे।

फिल्मको कथाअनुसार हमाललाई कलाकार दयाहाङ राईको पिताको भूमिकाका लागि अफर गरे। हमालले स्वीकार गरेनन्। अहिले गुरुङ दयाको पिताको भूमिकामा विपिन कार्कीलाई देखाउने तयारीमा छन्।

निर्माता/निर्देशक हमाललाई बुवाको भूमिकामा देखाउन तयार छन्। हमाल बुवाको भूमिकामा देखिन तयार छैनन्। उनी अझै हिरोको भूमिकामा देखिन चाहान्छन्। यसैले हमाललाई दर्शकले पर्दामा देख्न मुस्किल भएको छ।