अनशनरत निहारिकाले प्रहरीलाई हानिन् थप्पड, जवाफमा प्रहरीले पनि थुकिन् (भिडिओ)

पाेखरा। १७ दिनदेखि आमरण अनशनमा रहेकी निहारिका राजपूत र प्रहरीबीच आज हात हालाहाल भएको छ । निहारिकाले आक्रोशमा थ-प्पड हानेपछि महिला प्रहरीले उनलाई थुकेकी छन् ।

महाराजगन्जस्थित प्रहरी अस्पतालमा दिउसो सो घ-टना भएको हो । निहारिकाले आफ्ना माग सम्बोधन नभएको विषयमा आज ३ बजे पत्रकार सम्मेलन आयोजना गरेकी थिइन । तर उनलाई प्रहरीले गेट बाहिर निस्किन दिएन । साथै पत्रकारलाई पनि भित्र पस्न दिइएन ।

बाहिर निस्कन प्रयास गर्ने क्रममा प्रहरीसित उनले भनाभन गरिन् । प्रहरीले उनलाई सम्झाउने प्रयास गरेका थिए । तर उनले एक महिला प्रहरीलाई थ-प्पड हानिन् । ती महिला प्रहरीले पनि आवेशमा आएर निहारिकाको अनुहारमै थुकिन् ।

उनले ‘थुक्क खातिनी’ भन्दै थुकेको भिडिओमा देखिन्छ ।

त्यसपछि थप आक्रोशित बनेकी निहारिकालाई प्रहरीले लछारपछार गर्दै भित्र लगेको छ । निहारिकासँगै रहेका उनका साथीहरूलाई पनि कोठाभित्र थुनेर राखिएको छ ।

निहारिकाको अनशनको आज १८ औ दिन हो । उनी प्रहरी अस्पतालमै अनशन बसिरहेकी छन् ।
नेपालप्रेसकाे सहयाेगमा