हाम्रो पार्टी धेरै बिग्रेको छ – प्रचण्ड

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओवादी केन्द्र पछिल्लो खराब हुँदै गएको टिप्पणी गरेका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टीमा व्यक्ति बादी चरित्र हाबी हुन थालेको बताएका हुन् ।

‘त्यो बेला सानो थियो, निष्ठावान् थियो । तर, अहिले हाम्रो पार्टी धेरै बिग्रेको छ । हामी क्रान्तिकारी छैनौँ । हामी व्यक्ति बादी भएका छौँ आत्मकेन्द्रीत भएका छौँ’ उनले भने, ‘हामी स्वार्थ समूह बनाउने तिर लागेका छौँ । यसले पार्टीको चरित्रमा नराम्रोसँग स्कलन आएको छ ।’ उनले पार्टीको दस्ताबेजमा क्रान्तिकारी उल्लेख गरे पनि त्यो व्यवहारमा आउन नसकेको बताएका छन् । ‘क्रान्तिकारी पार्टी बनाउने भन्ने कुरा बिचारमा, किताबमा दस्ताबेजमा छ । हाम्रो दैनिकी क्रान्तिकारी छैन । हाम्रो भनाइ र गराइमा फरक भइरहेको छ’, उनले भने ।

उनले यो विषयलाई हल नगरे क्रान्तिकारी को औचित्य सकिने बताए । यति हुँदा पनि अन्य पार्टी भन्दा माओवादी नै उपयुक्त रहेको दाबी गरे ।
‘देशमा भएका अन्य पार्टी मध्ये माओवादी मात्रै सही बाटोमा छ’ उनले भने, ‘यो पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना छ ।’ उनले अर्को महाधिवेशन छिटौँ गरेर नयाँ क्रान्तिकारी बनाउन आवश्यक रहेको टिप्पणी गरे ।
निर्वाचनको तयारीको सन्दर्भमा वामपन्थीको बिचमा एकताको प्रयास भइरहेको समेत उनले बताए । पार्टी एकता संयोजन समिति बनाएर भएपनि वामपन्थी एकताको प्रयास भइरहेको उनको भनाइ थियो । nepalpress