अब आउने चुनाबमा मलाइ जिताउनु होस मन्त्री भएर लिपुलेख फिर्ता लेउछु : राजेन्द्र महतो

समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण नगरी फिर्ता गरेर निष्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह गर्न ।

नसकेको टिप्पणी गरेका छन् ।राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता भएपछि नेता महतोले विधेयक फिर्ता गरिनु जनताप्रतिको अपमान भएको भन्दै अब आफूहरु अपमान सहन नसक्ने बताए ।

एउटै विधेयक हिजोको सरकारले ल्याउँदा ठीक र अहिले अर्को सरकारले ल्याउँदा बेठीक भन्ने काम भएको छ,’ उनले भने, ‘के कति कारणले अहिले ठीक भएन देश र जनतालाई जवाफ दिनुपर्छ सङ्घीय संसद्को दुवै ।

सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नेपाल नागरिकता संशोधन विधेयक, २०७९ राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम विधेयकमा पुनर्वि चार गर्न आवश्यक देखिएको उल्लेख गर्दै आज प्रतिनि धिसभामा नै फिर्ता गरेकी थिइन् ।

नेता महतोले विधेयक फिर्ता हुँदा पद्धति माथिनै प्रश्न खडा भएको टिप्पणी पनि गरे। उनले यस कार्यले संविधान, संस्था, र व्यवस्था लाई नै प्रभावित पार्ने काम भएको प्रतिक्रिया पनि दिए ।संविधानमा फिर्ता पठाउने अधिकार छ, तर के कति कारणले फिर्ता गरियो जनतालाई स्पष्ट पार्नुपर्छ, ।

संविधान, संस्था व्यवस्था सबैलाई प्रभावित गर्ने काम भएको छ । यसबाट प्रभावित जनता झनै पीडित हुने अवस्था आएको छ । बाँकी प्रक्रिया त अघि बढ्ला तर यस कार्यले संस्थाको भूमिका निष्पक्ष देखिएन भन्ने प्रश्न जन्माएको छ’, नेता महतोले भने ।