बस खस्दा ६ जना प्रहरीको मृत्यु !

भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।

बसमा ३९ जना सवार थिए। घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ।

ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो।

यो पनि :-

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वअर्थमन्त्री जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका छन् ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकको सुरूमा बोल्दै उनले यस्तो बताएका हुन् ।‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ । तर, राजीनामा गर्नुभयो,’ उनले भने,‘त्यसले नैतिकता र त्यागको सन्देश गएको छ ।’

संसदमा कुरा उठेपछि पूर्वअर्थमन्त्री शर्माले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गरेको अध्यक्ष प्रचण्डले बताए । उनले भने,‘नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो ।

त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ ।’ यसबारे कार्यकर्ताहरू जनतालाई भन्नुपर्ने उनले सुझाव दिए ।‘छानबिनको लागि तयार छु भन्ने घोषणा गर्नुभएको छ । यो एउटा राजनीतिक संस्कार विकास गर्ने प्रक्रियाको कडी हो,’ अध्यक्ष प्रचण्डले भने ।

तर, प्रतिपक्षले यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्ने भन्दै उनले कार्यकर्तालाई यसलाई नयाँ तरिकाबाट लैजानुपर्ने बताए नेताले भ्रष्टाचार गरे राजिनामा मात्रै दिएर आम माफी हुनुहुँदैन, कसुर अनुसारको दण्ड सजाय पनि हुनै पर्दछ: हर्क साम्पाङ

सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए। उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि

उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिएएक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन्। उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए।हर्क साम्पाङ,

खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन्। विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए।

उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छ्न्।अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे। त्यसको केही समयपछि विदेशिनुभएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर उनी सामाजिक काममा लागे।

अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए।तर चर्चा भने कम नै थियो। उनले धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे।

सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो।सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो।

अहिले पनि धरानमा खानेपानी अभाव छ। साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले। खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए। यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए।।।