“राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” मा प्रथम हुनेलाई यति ठूलो अवसर

“संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रस्टा रहन्छ” बन्ने मुल नारा सहित सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” को तयारी अन्तिम चरणमा पुगेको छ । यस कार्यक्रम भाद्र ९ गते बिहिबारका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा भब्य रुपले सम्पन्न हुने भएको छ ।

प्रतियोगितामा हाल सम्म १२ समुहको टिम दर्ता भएको छ । सहभागी टिमहरुमा शिर्जनशिल महिला समूह – थानकोट, महिला नौमती श्रमिक सहकारी, सिन्धुली छला घर – सिन्धुली, लोक साँस्कृतिक महिला नौमती बाजा समूह – तार्केश्वर, महिला बाजा समूह धादिङ, लिग लिग महिला नौमती बाजा समूह – गोर्खा, शुभारम्भ उधमशिल महिला समूह – गोर्खा, नुवाकोट महिला समूह – नुवाकोट, मिलिजुली महिला समुह – चितवन, मनोरञ्जन नौमती महिला बाजा समूह, महिला मगर बाजा समूह – नवलपरासी, सिर्जना आमा समूह – ईलाम आदि समुहले प्रतियोगितामा भाग लिने भएका छन् र सहभागीहरु अझै थपिने क्रम जारी छ ।

प्रतियोगितामा भाग लिनका लागि टिम दर्ता शुल्क रू.१०००/- लाग्ने छ । उक्त प्रतियोगितामा पुरस्कारहरू प्रथम पुरस्कार रु. ५५,५५५/- , द्वितीय पुरस्कार रू. ३३,३३३/- , तृतीय पुरस्कार रू. २२,२२२/- , सान्त्वना पुरस्कार रु.१५,०००/- , उत्कृष्ट समुह रू.११,१११/- , अनुशासित समुह रू.१०,०००/- , उत्कृष्ट भेषभुषा रू.१०,०००/- तोकिएको छ ।

यस कार्यक्रममा राष्ट्रिय नारी सम्मान – २०७९, खेलकुद, सञ्चार, समाजसेवा, राजनीति, स्वास्थ्य, शिक्षा, कलाकारितामा योग्दान पुर्‍याएका महिलाहरुलाई सम्मान गरिने कुरा कार्यक्रम निर्देशक चन्द्र शर्माले जानकारी गराएका छन् । साथै उत्कृष्ट महिला समुहलाई भाद्र १० गते ईन्द्रेणी स्टुडियोमा छायांकन गराउने कुरा पनि शर्माले जानकारी गराए ।

सो प्रतियोगितालाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन र प्रायोजन गरेर सहयोग गरिदिन र प्रतियोगितामा भाग लिन चाहनुहुने समुहले छिटो नाम दर्ता गरि आफ्नो सिट सुरक्षित गर्न कार्यक्रम निर्देशक चन्द्र शर्माले अनुरोध गरेका छन् । थप जानकारीका लागि ९८४१५७६३०३, ९८५१०५८५१३, ९८५१०१३१८३ मा सम्पर्क गर्न सकिने छ ।