हर्क साम्पाङले काम गरेर देखाउँदा बालेन्द्र शाह भने किन छन् मौन ? कारण छन् यस्ता !

काठमाडौं – नेपाली राजनीतिमा पृथक रुपमा प्रस्तुत भएका पात्र हुन् हर्क साम्पाङ र बालेन्द्र शाह । दुवै स्वतन्त्र रुपमा उठेर स्थानीय तहमा जित हाँसिल पारेका मेयर हुन् । साम्पाङ जितेपछी चर्चामा आए भने शाह जित्नु अघि नै चर्चामा आएका थिए ।
¥यारको रुपमा चर्चित बालेन्द्र शाहलाई पहिलै देखि नै जनताको साथ र समर्थन थियो । त्यतिबेला सामाजिक संजालमा जताततै शाह मात्रै छाएका थिए । एउटा यूवा र भिजन बोकेर आएका व्यक्ति भएर काठमाडौं वासीहरुले उनलार्ई जिताए । उता साम्पाङलाई भने जनताले कुनै चर्चा कुनै प्रचार नगरी जिताए ।

केही समय यता हेर्न हो भने हर्क साम्पाङले धरानवासीको लागि काम गरेर निकै चर्चा बटुल्न सफल भएका छन् । यता भने बालेन्द्र शाहको यतिबेला मौन छन् । फोहोर व्यवस्थापनको कुरामा नै आफ्नो सम्पूर्ण समय खर्चिएका छन् । जनताहरु जति आशा गरेका थिए त्यति काम शाहले गर्न सकिरहेका छैनन् ।

काठमाडौं आफैंमा अव्यवस्थित शहर हो । राजधानि भएको कारणले पनि यहाँको जनघनत्व बढी छ । त्यसैले पनि शाहलाई काम गर्न निकै सकस छ । त्यहिमाथी शाह स्वतन्त्र भएका कारणले पनि काम गर्दा राजनैतिक हस्तक्षेप बढी भएको देखिन्छ भने केही समूह शाहलाई असफल र असक्षम घोषित गर्न चाहन्छन् । त्यसैने शाहलाई चुनौती नै चुनौतीको सामना गर्नु परेको छ ।

उता हर्क साम्पाङलाई पनि चुनौती त छ तर काठमाडौंको जस्तो जनघनत्व र अव्यवस्थित छैन । शाहलाई चुनौती नै चुनौती छ तर उनी डकमकाएका छैनन् ।