केपि ओलि हरेक कुरालाई जितेर आएको युवा र राष्ट्र प्रेमी नेता हुन: रेखा थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिमागले युवा र राष्ट्रप्रेमी भएको गर्दा आफुलाई एकदमै मनपर्ने भन्दै प्रशंसा गरेकी छिन् । राजनीतिमा उमेर युवा भन्दा दिमाग चाहि युवाको जस्तो हुनुपर्ने र केपी शर्मा ओलीको दिमागमा युवापन रहेको दाबी गरेकी छिन् ।

ओलीले मृत्युलाई जितेर आएको र उनी ‘एनर्जेटिक’ समेत रहेको बताइन । रेखा थापाकै शब्दमा– ‘‘हि इज भरि जल्ली, म त एकदम युथ जस्तो लाग्छ उहाँ, युथ के, युवा नेता क्या, म के भन्न चाहान्छु भने, म उमेरमा जान्न, ८० वर्षको उमेर भएपनि पोल्टिसियनको दिमाग चै जवान हुनुपर्छ । म ३० वर्षको हुला, मेरो दिमाग चाहि ७० वर्षको भयो भने काम गर्यो ? भनेको मान्छेको दिमाग चाहि जवान हुनुपर्छ ।

‘इस्पेसल्ली पोलिटिसियन’हरुको, केपी शर्मा ओलीको दिमाग युवापन छ उहाँमा, छोडिदिनुस् उहाँको नम्बर तर ‘हि इज भरि एनर्जेटिक’ एउटा मृत्युलाई जितेको मान्छे । र मैले के देख्छु भने केपी शर्मा ओलीमा चाहि राष्ट्रिय भावना छ, राष्ट्रप्रेमी हो । बाहिर जस्ले जे हल्ला गरेपनि यति मैले भन्नै पर्छ । नभा म जुन हामी पाथमा हिडिराको छौँ, उहाँहरुकै पाथमा त हिडिराको छौं नि, यो देशका शिर्ष नेताहरु उहाँहरु नै हो होइन ?

पोल्टिसियन बन्न चाहान्छौं भनेपछि कलाई हेरिराको छौं ? भन्दा उहाँहरुलाई हेरिराको छौं नि हामीले, अथवा अर्को ‘जेनेरेसन’ त अकै छैन् भन्ने हो भने होइन ? देखिन्छ फ्याट फुट्ट बिचरा उहाँहरु पनि झगडै त गरिराख्नु भाको छ, हाम्रो र उहाँहरुको उस्तै त भयो होइन ? तर मलाई केपी शर्मा ओली एकदमै राम्रो