आफ्नी प्रेमिकाकी आमालाई मिर्गौला दिएको केही दिनमा नै प्रेमीकाले प्रेमीलाई छाडिदिइन्…….

पाेखरा। चोखो माया प्रेमका उदाहरणहरु हिजोआज पनि हाम्रो गाउँ समाजमा देख्न पाइन्छ । प्रेमीले प्रेमीकालाई र प्रेमीकाले प्रेमीकालाई चोखो माया दिँदा दिँदै भएका धोकाहरु पनि यहाँ कैयौँ छन् । जसले बाँचुन्जेली पिरोलीरहेका पनि छन् ।

सच्चा प्रेम गर्ने एक प्रेमीले आफ्नी मायालु् मात्रै नभएर आफ्नो किड्नी समेत गुमाउन पुगेका छन् । खबर होृ न् मेक्सिकोको । न् मेक्सिकोको उजिएल मार्टिनेजले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन एउटा मिर्गौला दिए ।

तर प्रेमीकाले त्यो गुन बिर्सेर उनलाई बाँचुन्जेली सम्झिरहने धोका दिएकी छिन् । त्यो पनि किड्नी दान गरेको एक महिना पनि नबित्दै । पेशाले शिक्षक रहेका उनले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन एउटा मिर्गौला दिएका थिए।

यद्यपि आमाको अपरेसन भएको एक महिना पनि नबित्दै प्रेमिकाले उनलाई ब्रेकअप दिएको समाचारमा जनाइएको छ । टिकटकमार्फत मार्टिनेजले आफ्नो कहानी बताउँदै अहिले प्रेमिकाको अर्कैसँग विवाह भएको रहस्य खोलेका छन् ।
आफू अहिले एउटा मिर्गौलाको साथ पनि खुसी रहेको र आफूलाई पूर्वप्रेमिकाले गरेको कार्यप्रति कुनै किसिमको गुनासो नरहेको ति महान् प्रेमीले उल्लेख गरेका छन् ।