पानीमुनि भेटियो भगवान विष्णुको दुर्लभ मुर्ति, ॐ लेखी भेटी स्वरुप एक सेयर गरौ

हिन्दू धर्मका आराध्य देव मानिने भगवान विष्णुको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। भगवान विष्णुलाई यो संसारको पालण कर्ता मानिन्छ जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्।

भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पा-प बढ्दै गयो ह’त्या हिँसा लुटपाट चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए।

पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विष्णुका २४ वटा अवतार मानिन्छन्।

मत्स्य अवतार: मत्स्य माँछा अवतारमा भगवान विष्णुले प्रलयकालमा फसेको पृथ्वीमा मानव रक्षा गरेका थिए भन्ने मानिन्छ। यसका साथै हयग्रीव नाम गरेको राक्षसले एकपटक सबै वे’दहरूलाई चोरेर समुन्द्रमा लुकाई दिएको थियो । त्यस बेला भगवान विष्णुले मत्स्य अवतार धारण गर्नुभयो र त्यस अवतारमा आएर ती वेदहरूलाई पुन प्राप्त गरेर ती वेदहरूको रक्षा गर्नुभयो भनेर भनिन्छ।

कूर्म अवतार: कूर्म अवतारमा भगवान विष्णुले कछुवाको रूप धारण गर्नुभएको थियो । यस अवतार धारण गरेर उनले समुन्द्र मंथन गरि रहेका देवता र दैत्यहरूको सहयोग गरेका थिए भनेर धर्म ग्रन्थहरुमा भनिएको छ।