माओवादीबाट मैले निर्वाचन लड्ने टिकट होईन, माईक्रोबस चढ्ने टिकट चाँहि पाउँछुः लेखनाथ न्यौपाने

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपालेले आफुले टिकट पाउँने तर त्यो टिकट निर्वाचनको बेला भोट हाल्ने गोरखा जादा चढ्ने माईक्रोबसको टिकट हुने भन्दै आफ्नै पार्टीका शिर्ष नेताहरुको व्यङग्यात्कम आलोचना गरेका छन् । तर, यहि प्रणालीमा आफुले निर्वाचन लड्ने टिकट पाउँनुको धेरै अर्थ नभएको बताए ।

अहिलेको प्रणालीमा टिकटको लागि मारामार हुने, चुनाव जित्नका निम्ति बोराका बोरा पैंसा खर्च गर्नुपर्ने र वैशाखमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले गोरखामा धेरै जितेको हुनाले निर्वाचन लडेपछि जितिन्छ कि क्यो हो ? भन्ने ग्रन्थीका कारणले गर्दा टिकट पाउँनु सजिलो कुरा नभएको टिप्पणी गरेका छन् ।

अहिले सम्म आफुलाई के गर्ने भनेर पार्टीका शिर्ष नेताहरुले एक पटक समेत नसोधेको उनको गुनासो छ । र, चुनावमा कसरी टिकट बाँडिन्छ भन्ने कुरा समेत आफुले थाहा नपाउँने गरेको बताए ।

‘मैले नपाउँदा म जस्तै अर्को साथीले पाउँला, म त्यसको पनि धेरै अर्थ देख्दिन । तर टिकट चाही मैले पाउँछु भोट हाल्ने दिनमा, सायद माईक्रोबसको टिकट मैले पाउँछु’ उनले एक टिभीको कार्यक्रममा भनेका छन् ‘त्यहाँ भन्दा बढि अहिलेको प्रणालीमा, यहाँभित्र हुने टिकटका निम्ति मारामार, त्यसपछि चुनावका निम्ति खर्च गर्नुपर्ने बोराका पैंसा, अझ हाम्रो गोरखामा त अहिले स्थानिय तहमा माओवादीले धेरै जितेको हुनाले अब जितिन्छ क्या हो ? चुनाव लडेपछि भन्ने चाही नि ग्रन्थी होइन ? यो कारणले चाही यो सजिलो कुरो होइन ।’

पार्टीबाट टिकट पाउने आशा चाही छैन् ? भन्ने प्रश्नमा उनले थपे– ‘यो पनि म यसो भन्छु- पार्टीले अब त्यो निर्णय गर्ला, अब पार्टीको संस्थागत निर्णय हुन्छ भनेर विश्वास गर्नु पर्यो । सारका हिसाबले जे भनेपनि विश्वास गर्नुपर्यो । तर मेरो अनुभवमा, मेरो तितो अनुभव के छ भने, अहिले सम्म यति धेरे निर्वाचन भए पछिल्लो समय पछाडि पनि त के गर्छस् ? भनेर मलाई अहिले सम्म एउटा नेताले पनि सोधेको छैन् ।